लालमटियामा प्रथम युएलएफसी कप फुटबल प्रतियोगिता सुरू 

शुक्रबार, असोज २, २०८३

भालुवाङ २ असोज - दाङको राप्ती गाउँपालिका–२ लालमटिया स्थित टुडिखेलमा शुक्रबार देखि प्रथम युएलएफसी कप खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ। युनाइटेड लालमटिया युथ क्लबको आयोजनामा खेल सुरू भएको हो ।

क्लबका अध्यक्ष पूर्णबहादुर बराल मगरको अध्यक्षता एवम्  राप्ती गाउँपालिकाका कार्यवाहक अध्यक्ष कमलापति चौधरीको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गरिएको हो।813623223_2223274148230371_1822057409093268247_n-1789736094.jpg

उद्घाटन कार्यक्रममा बोल्दै कार्यवाहक अध्यक्ष चौधरीले खेलकुदले व्यक्तिको शारीरिक तथा मानसिक विकास सँगै समाजमा अनुशासन र सहकार्यको भावनाको विकास गर्ने बताउनुभयाे।810622857_28530286809957745_3432144856735147475_n-1789736144.jpg

उहाँले खेलाडीका लागि अनुशासन अत्यन्त महत्वपूर्ण विषय भएको उल्लेख गर्दै अनुशासित भएर खेलमा सहभागी हुँदा विभिन्न किसिमका दुर्घटना तथा अप्रिय घटना हुनबाट बच्न सकिने बताउनुभयाे। खेल राष्ट्रको गहना भएकाले खेलाडीले आफ्नो खेल प्रदर्शनसँगै अनुशासनलाई पनि प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ थियो।

कार्यक्रममा राप्ती गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष पहलवान चौधरी, वडा नम्बर ३ का वडा अध्यक्ष उमेश अधिकारी, राप्ती उद्योग वाणिज्य संघ भालुबाङका अध्यक्ष सुरज खड्का, कालिका सामुदायिक वन उपभोक्ता समूहका कोषाध्यक्ष यमबहादुर रोका मगर, गोरखा आइडियल स्कुल लालमटियाका प्रिन्सिपल बसन्तबहादुर पुन मगर लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो।

कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले खेलकुद प्रतियोगिताले स्थानीय युवालाई सकारात्मक गतिविधिमा जोड्नुका साथै उनीहरूको प्रतिभा प्रस्फुटन गर्ने अवसर प्रदान गर्ने बताउनु भएको थियो। युवालाई खेलकुदसँग जोड्न सके स्वस्थ समाज निर्माणमा समेत योगदान पुग्ने उहाँहरूको भनाइ थियो।

कार्यक्रममा इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख प्रहरी निरिक्षक गोपाल न्याैपाने, अस्थायी ट्राफिक प्रहरी पोष्ट भालुवाङका कार्यालयका प्रेम प्रसाद पाेख्रेल, राप्ती प्रेस मञ्चका महासचिव ओमप्रकाश गुप्ता, समाजसेवी तथा ज्येष्ठ नागरिक भोजबहादुर पुन, थ्रि आर्टस प्रालिका म्यानेजिङ डाइरेक्टर शिशिर ज्ञवाली लगायतको विशेष उपस्थिति रहेको थियो ।

क्लबका सहसचिव भुवन भट्टराईको स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटन कार्यक्रमको सञ्चालन क्लबका सचिव अनिल पौडेलले गर्नु भएको थियो।

प्रतियोगितामा १६ वटा समूहले सहभागिता जनाएका छन्। खुला नकआउट प्रणालीमा सञ्चालन हुने प्रतियोगितामा सहभागी टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। स्थानीय खेलाडीका साथै विभिन्न क्षेत्रबाट आएका खेलाडीको सहभागिताले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक बनाएको आयोजकले जनाएको छ।

प्रतियोगिताको विजेताले नगद ७० हजार रुपैयाँ सहित कप, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै उपविजेता टोलीले नगद ३५ हजार रुपैयाँ सहित कप, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने क्लबका सचिव अनिल पौडेलले जानकारी दिनुभयाे।

त्यस्तै प्रतियोगितामा बेस्ट प्लेयरलाई २ हजार ५ सय रुपैयाँसहित ट्रफी, हाई स्कोररलाई २ हजार रुपैयाँ सहित ट्रफी, बेस्ट किपरलाई २ हजार रुपैयाँ सहित ट्रफी र राइजिङ प्लेयरलाई १ हजार ५ सय रुपैयाँ सहित ट्रफी प्रदान गरिने छ।

खेल असाेज १० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, असोज २, २०८३  १८:४१
प्रतिक्रिया दिनुहोस्
समाचार
टि.भी