बंगलाचुलीमा डेंगी रोकथाम अभियान, शंकास्पद बिरामीको निःशुल्क जाँच गरिने

शुक्रबार, असोज २, २०८३

दाङ,२ असाेज - दाङको बंगलाचुली गाउँपालिकामा स्थानीयस्तरमा डेंगी रोग रोकथाम तथा नियन्त्रणका लागि अभिमुखीकरण तथा खोज र नष्ट अभियान कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजना तथा फेरमेड संस्थाअन्तर्गत प्रेरणा परियोजनाको समन्वयमा आज गाउँपालिकाको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

बंगलाचुली गाउँपालिकाका अध्यक्ष तुल्सीराम पुन मगरले बंगलाचुली अस्पतालमा डेंगी रोगसम्बन्धी संकास्पद बिरामीलाई निशुल्क रुपमा जाँच गर्ने व्यवस्था मिलाइएको बताउनुभयो । उहाँले कुनैपनि व्यक्तिलाई डेंगी रोगको लक्ष्यण देखिएमा आफुखुसी औषधि सेवन गर्दा ज्यान जाने सम्मको जोखिम रहने भएकाले स्वास्थ्यकर्मी सल्लाहकार बमोजिम मात्र औषधि प्रयोग गर्न सल्लाह दिनुभयो । डेंगी रोग आगामी मंसिर महिनासम्म देखिने भएको हुँदा डेगी रोग सार्ने लाम्खुट्टेको बासस्थान खोज र नष्ट गर भन्ने अभियान सबैजनाले सक्रिय सहभागिता जनाउन समेत सम्बन्धित पक्षलाई अध्यक्ष पुनले अनुरोध गर्नुभएको थियो ।794459985_1785114346013558_5781616004214627891_n-1789738405.jpg

कार्यक्रममा गाउँपालिकाका स्वास्थ शाखा प्रमुख नेव बहादुर केसीले डेगीरोकको बारेमा जानकारी दिँदै पहिले डेंगी रोग वर्षमा एक सिजनमा देखिने गरेको भएतापनि पछिल्लो समय मौसम परिवर्तनका कारण डेंगी रोग वर्षभरी नै देखिने गरेको बताउनुभयो । उहाँले डेंगी रोगको खास कुनैपनि उपचार नभएको उल्लेख गर्दै लक्ष्यणको आधार उपचार गरिने भएकाले सचेत रहन आग्रह गर्नुभयो । गाउँघरमा ज्वरोसहितको कुनै खतराका लक्ष्यण देखिएको पाइएमा एक वर्ष मुनिका शिशु, गर्भवती महिला, वृद्ध व्यक्तिहरु, अधिक तौल वा मोटोपन भएको व्यक्ति, रगतसम्बन्धी समस्य भएका व्यक्ति तथा अन्य दीर्घ रोग भएका व्यक्तिहरुमा डेंगी रोगको बढी जोखिम देखिने समेत उहाँको भनाइ थियो । डेंगी रोग सार्ने एडिज लामखुट्टेको बासस्थान रोकथाम तथा नियन्त्रणका लागि बजार तथा घर वरिपरिका झाडी सफा गर्ने, पानी जम्ने तथा फोहोर हुने ठाउँलाई स्वच्छ र सफा राख्दै व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने शाखा प्रमुख केसीले बताउनुभयो ।816858594_1785114216013571_8295309180901441983_n-(1)-1789738437.jpgगाउँपालिकाका अध्यक्ष तुलसीराम पुन मगरको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ संस्था, कमिरेचौर बजार व्यवस्थापन समिति, इलाका प्रहरी कार्यालय, विद्यालयका अध्यक्ष /प्रतिनिधि, स्वास्थ्य स्वयंसेवीका, पालिकाका कर्मचारी तथा स्थानीयबासीहरुको सहभागिता रहेको थियो ।798116331_1785114392680220_3283431096419313930_n-1789738485.jpg
 

कार्यक्रमको सञ्चालन फेरमेड संस्था बंगलाचुलीका समन्वयकर्ता डिलबहादुर डाँगीले गर्नुभएको थियो । कार्यक्रम सकिएलगत्तै पालिकाको कार्यालयदेखि कमिरेचौर बजारसम्म डेंगी रोग सार्ने लामखुट्टेको बासस्थान खोजी गर र नष्ट गर अभियान सञ्चालन गरिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, असोज २, २०८३  १९:२१
प्रतिक्रिया दिनुहोस्
समाचार
टि.भी