दंगीशरणमा पूर्व प्रमुख प्रशासकीय अधिकृत नेपालीको बिदाइ

शुक्रबार, असोज २, २०८३

दंगीशरण, २ असोज - दंगीशरण गाउँपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत कर्णबहादुर नेपाली सेवा निवृत्त हुनुभएको अवसरमा शुक्रबार एक औपचारिक समारोहका बीच बिदाइ गरिएको छ।

दंगीशरण गाउँपालिकामा आयोजित बिदाइ समारोहमा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। समारोहमा सेवा निवृत्त हुनुभएका नेपालीलाई खादा तथा मायाको चिनो प्रदान गर्दै सम्मानपूर्वक बिदाइ गरिएको हो।815187770_1082001554553534_2133025579235234251_n-1789738948.jpg
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले कर्णबहादुर नेपालीले गाउँपालिकाको प्रशासनिक नेतृत्वमा रहेर सेवा प्रवाहलाई प्रभावकारी बनाउन तथा संस्थागत विकासमा पुर्‍याउनुभएको योगदानको प्रशंसा गर्नुभयो। उहाँले नेपालीको आगामी सेवा निवृत्त जीवन सुखमय, स्वस्थ, दीर्घायु तथा सिर्जनशील रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो।814769090_1082001757886847_3366170299734569872_n-1789739288.jpg
बिदाइ कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा कर्मचारीहरूले नेपालीले स्थानीय तहमा प्रशासनिक जिम्मेवारी सम्हाल्दै सेवा प्रवाह, कार्यालय व्यवस्थापन तथा संस्थागत विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको स्मरण गरे। उहाँको अनुभव, कार्यशैली र सहकार्यबाट गाउँपालिकाको प्रशासनिक कामकारबाहीमा सकारात्मक योगदान पुगेको उनीहरूको भनाइ थियो।
समारोहमा गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूले नेपालीलाई खादा ओढाउनुका साथै मायाको चिनो प्रदान गरी बिदाइ गरेका थिए। 

सेवा निवृत्त हुनुभएका नेपालीले गाउँपालिकामा कार्यरत रहँदा प्राप्त सहयोग, सहकार्य र सद्भावप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि गाउँपालिकाको समग्र प्रगतिका लागि आफ्नो तर्फबाट आवश्यक सहयोग र सद्भाव रहने बताउनुभयो।
 

प्रकाशित मिति: शुक्रबार, असोज २, २०८३  १९:३८
प्रतिक्रिया दिनुहोस्
समाचार
टि.भी