दाङका २४ वडामा कांग्रेसको वडा अधिवेशन, अधिकांशमा सर्वसम्मत नेतृत्व चयन

आइतबार, असोज ४, २०८३

दाङ, ०४ असोज - नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दाङका २४ वटा वडामा वडा अधिवेशन सम्पन्न भएको छ । देशभरका वडामा शनिबार र आइतबार तोकिएको अधिवेशनअन्तर्गत दाङका २४ वडामा नेतृत्व चयन भएको हो ।

दाङमा बबई गाउँपालिकाका ६, शान्तिनगर गाउँपालिकाका ७, दंगिशरण गाउँपालिकाका ४ र गढवा गाउँपालिकाका ४ वटा वडामा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको जनाइएको छ ।

यसैगरी तुलसीपुर उपमहानगरपालिकाका १९ वडामध्ये वडा नं. ६, ९ र १५ मा पनि अधिवेशन सम्पन्न भएको छ ।

यससँगै जिल्लाका विभिन्न पालिकाका वडामा कांग्रेसको नयाँ वडा नेतृत्व चयन प्रक्रिया अघि बढेको छ । बाँकी वडामा पनि निर्धारित कार्यतालिकाअनुसार अधिवेशन तथा नेतृत्व चयन हुने कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असोज ४, २०८३  ०८:५७
प्रतिक्रिया दिनुहोस्
समाचार
टि.भी