दंगीशरण -१ बाकिमा नि:शुल्क आखा शिविर सम्पन्न

सोमबार, असोज ५, २०८३

असोज ,५ गते दङ्गीशरण - दंगीशरण गाउँपालिका वडा नं. १ बाकिमा रोटरी क्लब अफ तुलसीपुरको आयोजना तथा दंगीशरण गाउँपालिका वडा नं. १ को समन्वयमा एकदिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ।

शिविरमा अस्ट्रेलियन चिकित्सकसहितको विशेषज्ञ टोलीले स्थानीय नागरिकको आँखा परीक्षण तथा उपचार गरेको थियो। आँखा सम्बन्धी समस्या देखिएका नागरिकलाई आवश्यकताअनुसार निःशुल्क औषधि, चस्मा वितरण गर्नुका साथै शल्यक्रियासमेत गरिएको वडा नं. १ का वडा अध्यक्ष रमेश भण्डारीले जानकारी दिनुभयो।

वडा अध्यक्ष भण्डारीले ग्रामीण क्षेत्रका नागरिकलाई आफ्नै गाउँठाउँमा विशेषज्ञ चिकित्सकीय सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको बताउनुभयो।

शिविरमा ३२१ जना बढीले प्रत्यक्ष सेवा लिएको वडा अध्यक्ष भण्डारीले जानकारी दिनुभयो।

प्रकाशित मिति: सोमबार, असोज ५, २०८३  २१:४३
प्रतिक्रिया दिनुहोस्
समाचार
टि.भी