शान्तिनगरका सबै विद्यालयमा आज र भोलि पठनपाठन बन्द

बिहीबार, असोज ८, २०८३

दाङ,८ असाेज -  अत्यधिक वर्षा तथा विपद्को जोखिमलाई मध्यनजर गर्दै शान्तिनगर गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्रका सबै विद्यालयमा आज र भोलि दुई दिन पठनपाठन स्थगित गर्न अनुरोध गरेको छ।

शान्तिनगर गाउँपालिकाको गाउँ कार्यपालिकाको कार्यालयले आज सार्वजनिक गरेको सूचनाअनुसार नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालयबाट प्राप्त सूचना तथा पछिल्लो समय भइरहेको भारी वर्षा र विपद्को जोखिमलाई ध्यानमा राख्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको हो।

गाउँपालिकाले आजदेखि अत्यधिक वर्षा हुनसक्ने तथा विभिन्न किसिमका जोखिम देखिने प्रारम्भिक अनुमान रहेकाले विद्यार्थी, शिक्षक तथा विद्यालयमा कार्यरत कर्मचारीको सुरक्षा सुनिश्चित गर्न पठनपाठन स्थगित गर्न अनुरोध गरेको जनाएको छ।

सूचनामा शान्तिनगर गाउँपालिका क्षेत्रभित्र सञ्चालित सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा २ दिन पठनपाठन बन्द रहने उल्लेख छ।

गाउँपालिकाले वर्षा तथा विपद्को सम्भावित जोखिमलाई ध्यानमा राख्दै विद्यार्थी, शिक्षक तथा कर्मचारीको सुरक्षा र सावधानीलाई पहिलो प्राथमिकता दिन समेत आग्रह गरेको छ।

शान्तिनगर गाउँपालिकाले प्रकाशित गरेको सूचनामा वरिष्ठ शिक्षा अधिकृत सुमन पाण्डेको हस्ताक्षर रहेको छ।819629580_1106089255503141_2884602856888027722_n-1790246291.jpg

प्रकाशित मिति: बिहीबार, असोज ८, २०८३  १६:२२
प्रतिक्रिया दिनुहोस्
समाचार
टि.भी