सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ,८ असाेज - दाङकाे शान्तिनगर गाउँपालिका–१ नं. वडा कार्यालयले कृषि यान्त्रीकरण कार्यक्रम सञ्चालनका लागि कृषक, कृषि समूह तथा कृषि सहकारीहरूबाट प्रस्ताव आह्वान गरेको छ। वडा कार्यालयले आर्थिक वर्ष २०८३/०८४ को वार्षिक स्वीकृत बजेट तथा कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा कृषि यान्त्रीकरण कार्यक्रम सञ्चालन गर्न लागेको हो। वडा समितिको निर्णयअनुसार विभिन्न कृषि यन्त्र तथा उपकरण खरिदका लागि अनुदान उपलब्ध गराइने वडा कार्यालयले जनाएको छ। कार्यालयका अनुसार कार्यक्रमअन्तर्गत निम्न कृषि यन्त्रका लागि प्रस्ताव पेश गर्न सकिनेछः Mini Tiller 7 HP Diesel Engine Chaff Cutter 3 Role with 3 HP Motor Mini Riper Machine (धान काट्ने मेसिन) उल्लेखित कृषि यन्त्रका लागि प्रति अनुदानग्राही १ वटा यन्त्र मात्र माग गर्नुपर्ने जनाइएको छ। साथै, यसअघि सम्बन्धित कार्यक्रममार्फत अनुदान नलिएको हुनुपर्नेछ। अनुदानका लागि कृषक/कृषि समूह/कृषि सहकारीले आवेदन दिन सक्नेछन्। अनुदानको सीमा अधिकतम ५० हजार रुपैयाँ मूल्यसम्मको रकममा ५० प्रतिशत रहने सूचनामा उल्लेख छ। आवेदन दिने समय वडा कार्यालयले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र, अर्थात् २०८३/०६/२२ गतेभित्र आवश्यक कागजातसहित वडा कार्यालयमा आवेदन पेश गर्न आग्रह गरेको छ। तोकिएको समयभित्र आवेदन नदिने वा आवश्यक कागजात पूरा नभएका लाभग्राहीलाई कार्यक्रममा समावेश नगरिने वडा कार्यालयले जनाएको छ। आवश्यक कागजात आवेदनका लागि निम्न कागजात आवश्यक पर्नेछः १. प्रस्ताव पेश गर्ने सक्कल निवेदन १ थान। २. समूह/सहकारी/कृषि फर्महरू नियमानुसार दर्ता भएको प्रमाणपत्र तथा स्थायी लेखा नं. (PAN)/कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि १/१ थान। ३. समूह/सहकारीको हकमा अनुदान माग गर्न गरिएको समितिको निर्णयको प्रतिलिपि १ थान। ४. प्रस्तावकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि १ थान। थप जानकारीका लागि शान्तिनगर गाउँपालिका–१ नं. वडा कार्यालय, चिराघाट, दाङमा सम्पर्क गर्न सकिनेछ।