अविरल वर्षाले बंगलाचुली-३ मा एक घर भत्कियो,परिवार प्रभावित

आइतबार, असोज ११, २०८३

दाङ,११ असोज  -  गत बिहीबारदेखि परेको अविरल वर्षाका कारण दाङको बंगलाचुली गाउँपालिका–३, कमिरेचौरमा एक घर भत्किएको छ। लगातारको वर्षाका कारण खुना महराको घर भत्किएको हो

लगातारको वर्षापछि घरको संरचना कमजोर बन्दा घर भत्किएको स्थानीय कमल पौडेल पौडेलले जानकारी दिनुभयो । घर भत्किएपछि महरा परिवारलाई बसोबासमा समस्या भएको छ।
अविरल वर्षाका कारण बंगलाचुलीका विभिन्न स्थानमा समेत जोखिम बढ्दै गएको स्थानीयले बताएका छन्। प्रभावित परिवारलाई आवश्यक राहत तथा सहयोग उपलब्ध गराउन स्थानीयवासीले सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

अविरल वर्षाका कारण बंगलाचुली–३ कमिरेचौरमा भत्किएको खुना महराको घर।

प्रकाशित मिति: आइतबार, असोज ११, २०८३  १६:४६
प्रतिक्रिया दिनुहोस्
समाचार
टि.भी