सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
तुलसीपुर, २२ असोज - दाङको तुलसीपुर उपमहानगरपालिकाले किसासनहरुले गर्ने कृषि बीमाको प्रिमियम तिरिदिने भएको छ । किसानहरूलाई सहयोग पु¥याउने र बजारीकरणमा सहजता ल्याउने उद्देश्यले उपमहानगरपालिकाले चालु आर्थिक बर्ष २०८३/०८४ मा दश लाख रुपैया बजेट बिनियोजन गरेको छ ।
सोही अनुसार कार्यबिधि निर्माण भएको भन्दै कार्यान्वयनको प्रक्रिया अघि बढेको शाखा प्रमुख कुलराज दहितले बताउनुभयो ।“किसानहरुलाई सहुलियत होस्, भनेर कृषि बीमाको प्रिमियम पनि उपमहानगरपालिकाले तिरिदिने भएको छ”,उहाँले भन्नुभयो“ सोही अनुसार कार्यबिधि पनि भइसकेको छ ।”
किसानहरुलाई कृषि बीमामा आकर्षित गर्न यस्तो कार्यक्रम लागु गरिएको हो । ब्यबसायिक रुपमा कृषि खेति गर्नेहरुलाई बीमा तर्फ आकर्षित गरेमा उहाँहरुको ब्यबसायको सुरक्षा हुने भन्दै यस्तो कार्यक्रम लागु गरिएको शाखा प्रमुख दहितको भनाई छ ।
केही रकम संघीय सरकारले तिरिदिने र बाँकी किसानहरुले तिर्नुपर्ने रकम उपमहानगरपालिकाले तिरिदिने उहाँको भनाई छ ।