Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

पठन संस्कृति बढाउँदै दाङका सामुदायिक सिकाइ केन्द्र

बिहीबार, असोज २२, २०८३

दाङ, २२ असोज - दाङका सामुदायिक सिकाइ केन्द्रहरू स्थानीय बासिन्दाका लागि अध्ययन र सूचनाको मुख्य माध्यम बनेका छन्। ।
दङ्गीशरण गाउँपालिका वडा नम्बर ६ स्थित बगर सामुदायिक सिकाइ केन्द्रबाट स्थानीयहरूले नियमित रूपमा पुस्तक लगेर अध्ययन गर्दै आएका छन ।

शान्तिनगर गाउँपालिका वडा नम्बर ७ का गोविन्द भण्डारी नजिकै रहेको उक्त केन्द्रमा दैनिक पुगेर पुस्तक पढ्ने गर्नुहुन्छ। उहाँका अनुसार सिकाइ केन्द्रले अध्ययनलाई निकै सहज बनाएको छ। यस्तै, बिएड तेस्रो वर्षमा अध्ययनरत स्थानीय सुस्मिता केसी पनि क्याम्पस जान नभ्याएका बेला सिकाइ केन्द्रबाटै पुस्तक लगेर पढ्ने गरेको बताउनुहुन्छ।

पठन संस्कृति घट्दै गएको अवस्थामा सिकाइ केन्द्रले मानिसहरूलाई पुनः पुस्तकमोहीत गराएको छ। केन्द्रकी परिचालिका जया कुमारी चौधरीका अनुसार यहाँ दैनिक ५ देखि १० जनासम्म नयाँ कुरा सिक्न, पत्रपत्रिका र पुस्तकहरू अध्ययन गर्न आउने गरेका छन्।

विक्रम संवत् २०७० मा स्थापना भएको बगर सामुदायिक सिकाइ केन्द्रजस्तै दङ्गीशरण गाउँपालिकामा २ वटा र दाङ जिल्लाभर कुल ३२ वटा सिकाइ केन्द्र सञ्चालनमा छन्। सरकारले देशव्यापी रूपमा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले यी सिकाइ केन्द्रहरूको स्थापना गरेको हो।
 

प्रकाशित मिति: बिहीबार, असोज २२, २०८३  १०:४९
प्रतिक्रिया दिनुहोस्