राष्ट्रियसभा सदस्य निर्वाचनमा हर्क साम्पाङले गरेनन् मतदान

बिहीबार, माघ ११, २०८०

विराटनगर : कोशी प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनमा धरान उपमहानगरपालिकाका प्रमुख  हर्क साम्पाङले मतदान गर्नु भएन्।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

साम्पाङले कार्यव्यस्तता देखाउँदै राष्ट्रियसभा सदस्य निर्वाचनको मतदानमा सहभागी हुनु भएन्।

राजधानी विराटनगरमा मतदान अन्तिम चरणमा पुगेको छ। अब ४ जना स्थानीय तहका जनप्रतिनिधिले मात्रै मतदान गर्न बाँकी रहेको सहायक निर्वाचन कार्यालयले जानकारी दिएको छ।

ग्रामथान गाउँपालिकाका प्रमुख जयप्रकाश गच्छदार बिरामी छन्। गच्छदार बुधबार भएको गठबन्धनको भेलामा बेहोस भएर ढलेपछि उनको  उपचारका लागि नोबेल मेडिकल कलेजमा भर्ना गरिएको छ। आज ९ बजेदेखि ३ बजेसम्म तोकिएको मतदानको समय सकिएको छ।  

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १६:०१
प्रतिक्रिया दिनुहोस्