Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

दाङको बंगलाचुलीमा पत्रकारिता तालिम सम्पन्न

मंगलबार, जेठ १, २०८१

दाङ - दाङको बंगलाचुली गाउँपालिकामा सञ्चालित पत्रकारिता, क्षमता विकास तथा मिडिया व्यवस्थापन सम्बन्धी  तालिम सम्पन्न भएको छ । रेडियो बंगलाचुलीको आयोजनामा तथा बंगलाचुली गाउँपालिकाको आर्थिक सहयोग सञ्चालित ७ दिने तालिम आज मंगलबार सम्पन्न भएको हो ।

रेडियो बंगलाचुलीका कार्यक्रम प्रमुख भुपेन्द्र प्रकाश वलीको अध्यक्षता तथा बंगलाचुली गाउँपालिकाको उपाध्यक्ष भक्त बहादुर जिसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा   प्रमुख अतिथि  जिसीले  बंगलाचुली गाउँपालिकाले गरेको लगानीको भरपुर उपयोग गर्न प्रशिक्षार्थीलाई आग्रह गर्नुभयो  । उहाँले पत्रकारिता पेसालाई इमान्दार रुपमा अगाडि बढाउन मिसन पत्रकारिताको थालनी गर्नुपर्ने भन्दै  पत्रकारिता तथा सञ्चार क्षेत्र समाज परिवर्तनको महत्वपूर्ण अंग भएकाले अनिमियतता रोक्ने कार्यमा पनि पत्रकारिताको उत्तिकै भूमिका रहेको बताउनुभयो । प्रशिक्षार्थीहरुले  तालिम अवधिभर  आर्जन गरेका ज्ञानलाई व्यवहार लागुगरी पत्रकारिता क्षेत्रमा लाग्नुपर्ने उपाध्यक्ष जिसीको भनाइ राख्नु भएको थियो ।

नयाँ पत्रकार उत्पादन, मिडिया व्यवस्थापन र क्षमता वृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको   हो । तालिममा  ८ वडा र रेडियो बंगलाचुलीका गरि ३८ जना प्रशिक्षार्थीहरुको सहभागिता थियो । तालिममा दाङ जिल्लाका अग्रज पत्रकारले प्रशिक्षण  दिनुभएको थियो ।

रेडियो बंगलाचुलीका बजार व्यवस्थापक जंग रेउलेको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको  कार्यक्रममा बंगलाचुली गाउँपालिकाको प्रबक्ता एवं ३ नम्बर वडा अध्यक्ष शोभाराज बिश्वकर्मा, ४ नम्बरका अध्यक्ष  डाँस बहादुर डाँगी, ५ नम्बरका अध्यक्ष लिला बहादुर घर्ती,  बंगलाचुली गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण आचार्य, नेपाल पत्रकार महासंघका सचिव आरके शीतल लगायतले मन्तव्य राख्नु भएको थियो।


त्यस्तैगरी तालिमा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र हस्तान्तरण गरिएको थियो भने  प्रशिक्षार्थी नमराज मोहरा र जोया थापाले तालिम अवधिभर भए गरेका गतिविधि बारेमा आफ्ना अनुभव सुनाएका थिए । कार्यक्रमको सहजीकरण पत्रकार गिरीराज नेपालीले गर्नु भएको थियो । समाचार साभार सिस्ने अनलाइन

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  २१:५६
प्रतिक्रिया दिनुहोस्
समाचार