Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

दाङमा बस दुर्घटना हुँदा दश जना घाइते

शुक्रबार, जेठ ४, २०८१

दाङ : दाङमा भएको बस दुर्घटनामा दश जना घाइते भएका छन्।

घोराही-तुलसीपुर सडकखण्ड अन्तर्गत बेलझुण्डीमा तुलसीपुरबाट काठमाडौं जाँदै गरेको प्रदेश नं। ३(०१००६ ख ०९७५ नम्बरको बस दुर्घटना हुँदा दश जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिनुभएको छ । उहाँले घाइतेको अवस्था सामान्य रहेको बताउनुभयो।

प्रहरी नायव उपरीक्षक मल्लका अनुसार घाइतेलाई उद्धार गरेर उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर रिफर गरिएको छ। उहाँका अनुसार बस दुर्घटनाको कारण खुलेको छैन। शुक्रबार पाँच बजे तुलसीपुरको बसपार्कबाट छुटेको बस बेलझुण्डीमा दुर्घटनामा परेको हो।   साभार गोखापत्र अनलाइनबाट

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  २२:५८
प्रतिक्रिया दिनुहोस्
समाचार