Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

बंगलाचुलीमा चौथो बंगलाचुली कप खेलकुद प्रतियोगिता सुरु

सोमबार, जेठ १४, २०८१

कमिरेचौर - दाङको बंगलाचुलीमा बबंगलाचुली कप सुरु भएको छ।बंगलाचुली गाउँपालिकाको आयोजनामा प्रतियोगिता सुरु भएको हो । बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुनको अध्यक्षतामा उद्घाटन भएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुनले खेलाडीहरुले खेल अवधिभर अनुशासित भएर खेल्न खेलाडीहरुलाई आग्रह गर्नुभयो। उहाँले बंगलाचुलीमा खेल क्षेत्रको विकासमा गाउँपालिका लागिरहेको बताउदै बंगलाचुली कप गाउँपालिकाको योजना मध्ये महत्वपूर्ण योजना रहेको बताउनुभयो । खेल प्रतिस्पर्धा मात्र नभएर अनुशासन सिकाउने माध्यम भएको बताउनुभयो ।

यस्तैगरी गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसिले यो पटक व्यवस्थापनमा केहि कमजोरी भएपनि आगामी दिनमा व्यवस्थापन राम्रो बनाउन खेल सञ्चालन समितिलाई आग्रह गर्नुभयो । साथै उहाँले प्रत्येक टिम र खेलाडीले आफ्नो वडाको नाम उच्च राख्ने गरि खेल खेल्न अनुरोध समेत गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल, आर्थिक प्रशासन शाखा प्रमुख नारायण प्रसाद आचार्य, योजना शाखा प्रमुख नुमाकान्त कालाथोकी, सम्पूर्ण वडाका वडा अध्यक्ष , वडा सदस्यहरु, कार्यपालिका सदस्य, कर्मचारी पत्रकार लगायतको उपस्थित रहेको थियोे ।

बंगलाचुली कप खेलकुद प्रतियोगिता सञ्चालन समितिका संयोजक तथा वडा नम्बर ५ का अध्यक्ष लिला बहादुर घर्तीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण बंगलाचुली गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख ओमप्रकाश केसीले गर्नुभएको थियो ।

उद्घाटन खेलमा क्रिकेट तर्फ वडा नम्बर ४ ले वडा नम्बर ७ लाई १३९ रनले हराउँदै विजयी सुरुवात गरेको छ ।

प्रतियोगिता अन्तरगत महिला पुरुष भलिबल र पुरुष क्रिकेट खेल रहेका छन । भलिबल तर्फ महिलाको ७ वटा र पुरुषको पनि ७ वटा टिम दर्ता भएका छन भने क्रिकेट तर्फ ८ वटा टिम दर्ता भएका छन ।दर्ता भएका टिमलाई २ वटा समुहमा बिभाजन गरिएको छ । जसअन्तर्गत क्रिकेट तर्फ ग्रुप ए मा वडा नम्बर ४, ५,७ र ८ रहेका छन । यस्तै ग्रुप बि मा वडा नम्बर १,२,३ र ६ रहेका छन। भलिबल पुरुष तर्फ ग्रुप ए मा वडा नम्बर १, ५, ६ र ७ रहेका छन । यस्तै ग्रुप बि मा वडा नम्बर २, ३ र ८ रहेका छन । महिला भलिबल तर्फ ग्रुप ए मा वडा नम्बर ३, ५,६ र ७ रहेका छन भने ग्रुप बि मा वडा नम्बर १,४ र ८ रहेका छन ।

प्रतिययोगितमा महिला पुरुष भलिबल तर्फ प्रथम हुने टिमले २५ हजार रुपैया नगद पुरस्कार सिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन । यस्तै द्धितिय र तृतिय हुने टिमले क्रमशः १५ हजार र ८ हजार रुपैया नगद पुरस्कार सिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन । यस्तै क्रिकेट खेलमा विजेता हुने टिमले २५ हजार नगद पुरस्कार सहित सिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन ।भने उपबिजेता हुने टिमले १५ हजार नगद पुरस्कार सिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन ।

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  १५:३९
प्रतिक्रिया दिनुहोस्
समाचार