बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

मकवानपुरमा बस दुर्घटना हुँदा २० जना घाइते

शुक्रबार, जेठ १८, २०८१

मकवानपुर - मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २० जना घाइते भएकाछन् । शुक्रबार बिहान २ः४५ मिनेटको समयमा मनहरी–९ ज्यामिरेमा बस दुर्घटना हुँदा २० जना घाइतेभएका छन् ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत काँकडभिट्टाबाट नेपालगन्ज जाँदै गरेको ना.५ ख ५५१५ न.को यात्रुबाहक बसको अगाडिको पट्टा भाचिदा मनहरीमा बस अनियन्त्रित भइ दुर्घटना भएको हो ।

बस सडकको दाहिने साइडको नालीमा पर्न गई कोल्टे हुँदा बसमा सवार मध्य ११ जना स्थानिय मेडिकलमा उपचार भइरहेको छ भने र नौ जनाको उपचारका लागि चितवन पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । बस चालक प्रहरीको नियन्त्रणमा रहेको छ भने घटना स्थलबाट बस निकाल्ने प्रयास भइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  ०८:५८
प्रतिक्रिया दिनुहोस्