Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

राप्ती गाउँपालिकाका विद्यालयमा थप दुई दिन गर्मी बिदा

शुक्रबार, जेठ १८, २०८१

भालुवाङ : दिनप्रतिदिन गर्मी बढ्न थालेपछि दाङको राप्ती गाउँपालिकाले विद्यालयमा जेठ २० र २१ गते थप दुई दिन गर्मी विदा दिएको छ ।

गर्मी बढेपछि पहिलोपटक २ दिन गर्मी विदा गरेको गाउँपालिकाले पुनः २ दिन गर्मी बिदा थप गरेको हो । अत्यधिक गर्मीले विद्यार्थीहरु बढी प्रभावित भएको भन्दै गाउँपालिकाले जेठ १७ र १८ दुई दिन विद्यालयहरू बन्द गर्ने निर्णय गरेको थियो भने पुनः २० र २१ गते विदा थप गरिएको राप्ती गाउँपालिका शिक्षा शाखा प्रमुख विश्वास विकले जानकारी दिनु भयो ।

दाङ जिल्लामा केही दिनयता अधिकतम तापक्रम ४० डिग्री भन्दा माथि पुगेको छ । थप विदा पछि पनि मौसममा सुधार नभए पुनः विदा थप गर्न सकिने पालिकाले जनाएको छ।गर्मीका कारण विद्यालयमा विद्यार्थीहरूको स्वस्थ्यमा समस्या देखिन थालेपछि राप्ती गाउँपालिका सहित दाङ देउखुरीका सबै स्थानीय तहले विद्यालयमा गर्मी विदा दिएका छन् ।

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  १९:४८
प्रतिक्रिया दिनुहोस्
समाचार