शान्तिनगर प्रमुख प्रसासकीय अधिकृतमा नेपाली

मंगलबार, जेठ २२, २०८१

दाङ - पश्चिम दाङको शान्तिनगर गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा कर्ण नेपाली आउने भएका छन् । लुम्बिनी प्रदेशको भौतिक तथा पुर्बाधार मन्त्रालयबाट सरुवा भएर उनी शान्तिनगर आउन लागेका हुन् ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

यस अघिका प्रमुख प्रसासकिय अधिकृत भीष्म कुमार मल्लको धादिङको थाक्रे गाउँपालिकामा जेठ ७ गते सरुवा भएको थियो । मल्लको सरुवा भएको दुई हप्ता पछि संघिय मामिला तथा सामान्य प्रसासन मन्त्रालयले अधिकृत नेपालीलाई शान्तिनगर सरुवा गरेको हो ।
शान्तिनगर गाउँपालिकामा अहिले आउन लागेका प्रमुख प्रसासकिय अधिकृत नेपाली ९औं  प्रमुख प्रसासकीय अधिकृत हुन् ।

संघियता कार्यान्वयनमा आइ सके पछि सबैभन्दा छोटो समय सम्म बिष्णु बहादुर थापाले निमित्त प्रमुख प्रसासकिय अधिकृतको रूपमा जम्मा १४ दिन काम गर्ने अवसर पाएका थिए ,भने सबैभन्दा बढी निम बहादुर केसीले २६ महिना प्रमुख प्रसासकीय अधिकृत भइ  काम गरेका थिए । कर्ण नेपालीले २०६३ देखि २०७० सम्म साबिक बाघमारे गाबिसमा सचिब पदमा रहि काम गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १९:१५
प्रतिक्रिया दिनुहोस्
समाचार