रोल्पा जीप दुर्घटना अपडेट : मृत्यु  भएका  सातै जनाको परिचय खुल्यो

मंगलबार, असार १८, २०८१
राप्ती गाउँपालिका दशैतिहार शुभकामना सन्देश

रोल्पा - रोल्पामा भएको जीप दुर्घटनामा  मृत्यु  भएका  सातै जनाको परिचय खुलेको छ । घर्तीगाउँबाट तालाबाङका लागि छुटेको लु १ ज ३२५२ नम्बरको जीप हिजो बेलुका माडी गाउँपालिका वडा नम्बर–४ परेवा छहरामा दुर्घटना हुँदा सात जनाको ज्यान गएको हो ।

गढवा गाउँपालिका दशैतिहार शुभकामना सन्देश

जिल्ला प्रहरी प्रमुख डीएसपी भरत लामाका अनुसार ज्यान गुमाउनेमा माडी गाउँपालिका–३ तालबाङकी ३३ वर्षीया जुनमाया खड्का, ५० वर्षीया कर्मा घर्ती मगर, ७७ वर्षीय खड्गबहादुर डाँगी, ३० वर्षीया अमृता घर्ती र उहाँका १८ महिनाकी छोरी रहेकी छन् । त्यस्तै परिवर्तन गाउँपालिका–२ राङ्सीकी ३३ वर्षीया रामकली पुन र ७० वर्षीय झुपलाल डाँगीको पनि ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा घाइते भएका १० जनामध्ये छ जनालाई उपचारका लागि अरू अस्पताल रिफर गरिएको छ । घाइतेमध्ये खगेन्द्र बाँठाको रोल्पामै उपचार भइरहेको छ । सामान्य चोटपटक लागेकी दिलकुमारी घर्ती मगर उपचारपछि घर फर्किनुभएको छ ।

जीप गुडिरहेको समयमा पहिरो खसेको थियो । गाडी स्टार्ट भइरहेकै अवस्थामा चालकले ओर्लिएर ओट राख्न खोज्दा दुर्घटना भएको प्रहरीको भनाई छ ।

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  ०८:४०
प्रतिक्रिया दिनुहोस्