Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको बजेट सर्वसम्मतिले पारित

शुक्रबार, असार २१, २०८१

काठमाडौँ - राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ।

शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजना विधेयक २०८१ ९आगामी आर्थिक वर्षको बजेट० पारित गरियोस भनेर राख्नुभएको प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो।

सभामा अध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८१ पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गर्नुभयो।

उहाँले भन्नुभयो, ‘‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८१ पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु।’’

सरकारले गत जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट संसदमा पेश गरेको थियो।

 

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १७:३४
प्रतिक्रिया दिनुहोस्