आज बिहीबार भगवान विष्णुको पूजा गर्ने दिन

बिहीबार, असार २७, २०८१
राप्ती गाउँपालिका दशैतिहार शुभकामना सन्देश

दाङ - आज २०८१ साल असार २७ गते बिहीबार तदनुसार सन् २०२४ जुलाई ११ तारिख। असार शुक्ल पक्षको षष्ठी तिथि।  विश्व जनसंख्या दिवस।

गढवा गाउँपालिका दशैतिहार शुभकामना सन्देश

बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुने विश्वास छ। साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ। यो व्रत शुक्लपक्षको पहिलो बिहीबारबाट सुरु हुन्छ। त्यस दिन अनुराधा नक्षत्र परेमा असाध्यै राम्रो मानिन्छ।

कसरी भगवान विष्णुको पूजा गर्ने ?
बिहान स्नानपछि पहेँलो वस्त्र धारण गर्ने। त्यसपछि पहेँलो फूल र चन्दनलाई एक साथ मिलाएर प्रसाद बनाउने। यस प्रसादलाई भगवानलाई अर्पण गरेर पूजा गरौँ। यसबाट भगवान विष्णु प्रसन्न भएर उहाँको आर्शिवाद तपाईंको घरमा सधैँ भइरहने छ।

यो व्रत १३ महिना वा कम्तिमा ७ महिनासम्म लिनुपर्छ भन्ने मान्यता छ। व्रतको दिन शुद्ध भएर पहेँलो कपडा लगाई ‘ऊँ गुरवे नमः’ मन्त्र कम्तिमा पाँच माला जाप गर्नुपर्दछ।

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  ०६:०३
प्रतिक्रिया दिनुहोस्