Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

पहिरोमा पुरिएर पोखरामा एकै परिवारका सातसहित १० जनाको मृत्यु

शुक्रबार, असार २८, २०८१

कास्की - पोखराको दुई ठाउँमा पहिरोले घर पुरिँदा एकै परिवारका ७ सहित १० जनाको ज्यान गएको छ । पोखरा महानगरपालिका वडा नम्बर १२ पुरनचौरमा गएराति पहिरोले घर पुरिएपछि ४७ वर्षीय कुलबहादुर परियार, उहाँकी श्रीमती ४३ वर्षीया मनकुमारी, ८५ वर्षीया आमा लक्षिमा, छोरी १५ वर्षीया प्रशना, २० वर्षीया प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित परियार तथा छिमेकी राधिका परियारको ज्यान गएको कास्की प्रहरीले जानकारी दिएको छ ।

त्यसैगरी पोखरा–३२ चैनपुरमा पनि पहिरोले घर पुरिँदा १८ वर्षीया अनिता ओझा, ९ वर्षीय प्रतिक सुवेदी र ११ वर्षीया अनुस्का ओझाको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । त्यस्तैगरी कास्कीको मादी गाउँपालिका वडा नम्बर ११ मा पहिरोमा पुरिएर ८० वर्षीया माइतीकुमारी गुरुङ बेपत्ता हुनुभएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  ०७:५५
प्रतिक्रिया दिनुहोस्
समाचार