दशैं दशैं
Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले दिनुभयो राजीनामा

आइतबार, साउन ६, २०८१
बबइ गाउँपालिका
शान्तिनगर गाउँपालिका-दशै तिहार २०८३

दाङ - लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेशसभामा सम्बोधन गरेर राजीनामा दिनु भएको छ ।

केन्द्रमा सत्ता समीकरण फेरिएसँगै अल्पमतमा रहनु भएको । उहाँले प्रदेश सभाबाट विश्वासको मत नपाउने निश्चित भएपछि राजीनामा दिनुभएको हो।

महराले चैत २५ गते मुख्यमन्त्रीको रूपमा शपथ ग्रहण गर्नु भएको थियो। महराले आफूले छोटो समयमा धेरै राम्रा काम गरेको दाबी गर्दे राम्रा कामलाई अगाडि बढाउन नयाँ बन्ने मुख्यमन्त्रीलाई अनुरोध गर्नु भयो । लुम्बिनी प्रदेशमा आफूले स्वास्थ्य, बन, कृषि र पर्यटन क्षेत्रको सुधारका लागि धेरै योजना अघि बढाएको बताउँदै उहाँले त्यसलाई अघि बढाइनुपर्नेमा जोड दिनुभयो।

उहाँले कांग्रेस र एमाले असफल भएको टिप्पणी गर्दे संविधान सम्बोधन प्रसङ्गले अर्को तरङ्ग दिएको समेत बताउनु भयो। यसैबिच महराको राजीनामासँगै कांग्रेस र एमालेबिच एमाले संसदीय दलका नेता लीला गिरीलाई मुख्यमन्त्री बनाउने सहमति भएको छ। सोही अनुसार प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकारको आह्वान गर्नसाथ गिरी मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारीमा छन् ।

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १६:१४
प्रतिक्रिया दिनुहोस्