Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

आज २०८१ साल साउन ११ गते शुक्रबारको राशिफल

शनिबार, साउन १२, २०८१

दाङ - आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार सन् २०२४ जुलाई २७ तारिख। साउन कृष्ण पक्षको सप्तमी तिथि। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। मयुर खबरका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : दिन रमाइलो छ। नयाँ ठाउँको यात्रा हुनेछ। अवरोध हट्नेछन्। लगानी भए स्वदेशमा धेरै अवसर फेला पर्ने योग छ। यो विश्व मेरो परिवार हो भन्ने भाव बढ्नेछ।

वृष : बोलीमा मोहनी रहेको छ। मुखमा सरस्वतीले बास भएकाले धेरैले तपाईंको कार्यकुशलताको प्रशंसा गर्नेछन्। निजी क्षेत्रमा भन्दा परोपकारमा मन जानेछ। राजनीतिक क्षेत्रमा भने लफडा पर्ने खतरा छ।

मिथुन : शत्रु बढ्ने छन्। तर तपाईंको मेहनतले शत्रु पराजित हुने योग छ। आफ्नै भन्नेहरुबाट सचेत भएर काम गर्नु राम्रो हुनेछ। परिवारको भने साथ र सहयोग मिल्नेछ।

कर्कट : एकपछि अर्को अवसर भेटिने दिन छ। धनमा गरेको प्रयास सफल हुनेछ। स्वास्थ्यमा लाभ र शिक्षामा सफलता मिल्नेछ। सामाजिक मर्यादामा प्रश्न उठ्ने खतरा छ। बोल्नु अगाडि तीन पल्ट सोच्नु राम्रो होला। परिवारिक मनमुटाव हुने जोखिम देखिन्छ।

सिंह : बोली र व्यवहारमा एकरुपता नहुँदा तपाईंलाई विश्वास गर्ने मान्छे दुःखी बन्नेछन्। बौद्धिक, प्राविधिक क्षेत्रमा तपाईको सम्मान हुनेछ। साना काममा हात नहालेको राम्रो होला। पारिवारिक सम्बन्ध भने सुमधुर रहनेछ।

कन्या : अनावश्यक चिन्ता बढ्नेछ। ग्रहको नकारात्मक छायाबाट बच्न बौद्धिक व्यक्तिसँग परामर्श लिनु राम्रो होला। आज दक्षिणको लामो यात्रामा नजानु राम्रो हुन्छ। परिवारमा खटपटी बढ्ने खतरा छ।

तुला : आज आरामले धार्मिक क्षेत्रको भ्रमण गर्ने दिन छ। व्यापार व्यवसायमा ठूलो लगानी नगरेको राम्रो हुन्छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। राजनीतिमा ठग सक्रिय छन्। पारिवारिक प्रेम भने बढ्नेछ।

वृश्चिक : आज गर्ने दैनिक कार्य राम्रो छ। सप्तम भावमा शक्तिशाली ग्रहको बास रहेकाले पारिवारको सहयोग मिल्नेछ। आफन्तको रचनात्मक साथ प्राप्त हुनेछ। कुनै काम गर्दा झन्झट भए शान्त भएर अगाडि बढ्नु राम्रो हुनेछ।

धनु : तपाईंका अगाडि नकारात्मक प्रश्न एकपछि अर्को थपिने योग छ। राजनीतिक क्षेत्रमा आरोप प्रत्यारोपको सामना गर्नुपर्नेछ। तथापी आफ्नो कार्यकुशलताका कारण विजयी हुने दिन छ। शिक्षामा गरेको लगानीबाट उत्साह थपिनेछ। परिवारको साथ सहयोग मिल्नेछ ।

मकर : आज धन आर्जन गर्ने दिन छ। लगानीका क्षेत्र धेरै छन्। दैनिक व्यवसायबाट उन्नती प्रगति हुनेछन्। समाजमा प्रतिष्ठा बढ्नेछ। परिवारमा प्रेमको डोरी कसिलो बन्नेछ। राजनीतिक क्षेत्रमा बौद्धिक टकराव हुनेछ। अपमान गर्नेहरु बढ्ने भएकाले सचेत बन्नु राम्रो होला।

कुम्भ : तपाईं अनुकुल दिन छ। मिठो भोजन र नयाँ ठाउँको यात्राले मनमा हर्ष बढ्ने योग छ। परिवारमा भने वादविवाद बढ्न सक्छ। स्वास्थ्यमा समस्या देखिने भएकाले खानपानमा ख्याल गर्नु राम्रो हुनेछ।

मीन : समय राम्रो छ। लगानीका क्षेत्र अब्बल छन्। तपाईंको कार्यकुशलताको बयान गर्ने बढ्नेछन्। शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट आम्दानी बढ्नेछ। बोलीको ख्याल नगर्दा प्रश्न गर्ने ठाउँ बढ्नेछ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ।

प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  ०५:५१
प्रतिक्रिया दिनुहोस्