बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्षको कैद सजाय

मंगलबार, माघ १६, २०८०

एजेन्सी : पाकिस्तानको विशेष अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र पूर्वविदेशमन्त्री शाह महमूद कुरैशीलाई साइफर केस अर्थात् राज्यको गोप्य सूचना चुहाएको आरोपमा १० वर्षको कैद सजाय सुनाएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

अदालतको यो फैसलाले इमरान खानलाई ठूलो झट्का लागेको छ । उहाँ आमचुनावमा प्रतिस्पर्धा गर्ने तयारी गर्दै हुनुहुन्थ्यो । पाकिस्तानमा आउँदो फेब्रुअरी ८ मा आमचुनाव हुँदैछ । इमरान खानको पार्टी पाकिस्तान तेहरिक–ई–इन्साफ ९पीटीआई० ले विशेष अदालतलको फैसलालाई लिएर उच्च अदालतमा अपिल गर्ने बताएको छ ।

इमरान खानले आफूविरुद्ध लगाइएको आरोप आफ्नो सरकारलाई ढाल्ने अमेरिकी षड्यन्त्र भएको दाबी गर्नुभएको थियो । विश्वासको मत पाउन नसकेपछि उहाँ सन् २०२२ मा उहाँ पदबाट हट्नुपरेको थियो ।

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  २०:३९
प्रतिक्रिया दिनुहोस्