बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा प्रमुख दलहरूबिच सहमति

सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक
बिहीबार, साउन १७, २०८१

काठमाडौँ - सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा प्रमुख दलहरूबिच सहमति जुटेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

सत्तारूढ दल नेपाली कांग्रेस, नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका नेताहरू सम्मिलित कार्यदलको आज बिहान गृह मन्त्रालयमा बसेको बैठकले विधेयकमा यसअघि मिल्न बाँकी रहेका सबै विषयमा सहमति जुटाएको हो ।

विवादित विषयमा सहमति जुटेसँगै अब नेपालको शान्ति प्रक्रिया छिटै टुङ्गोमा पु¥याउन सकिने एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।

उहाँले गम्भीर मानव अधिकार उल्लङ्घनजस्ता पेचिलो बनिरहेको विषयमा पनि आज सहमति भएको र सहमतिअनुसार पीडकमाथि २५ प्रतिशत सजायको मागदाबी लिएर जान पाउने प्रावधान राखिने बताउनुभयो ।

सङ्क्रमणकालीन न्यायसँग जोडिएको विषय भएकाले पृथक् र विशेष प्रकारको न्याय प्रणाली भएको र यसलाई फौजदारी अभियोगसँग हेर्न नहुने प्रमुख सचेतक बर्तौलाको भनाइ छ ।

विज्ञहरूसमेतको सुझावको आधारमा विषयहरू टुङ्ग्याइएको र सहमतिको प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लाई संयुक्त रूपमा बुझाएर समितिले विधेयक अघि बढाउने उहाँले जानकारी दिनुभयो ।

सुरक्षाकर्मीका परिवारलाई राहत परिपूरण, बहिर्गमित लडाकु, गम्भीर मानव अधिकार उल्लङ्घनजस्ता विषयमा सहमति भइसकेको भन्दै एमाले प्रमुख सचेतक बर्तौलाले लामो समयदेखि अड्केको विषयलाई पीडितको मागअनुसार नै टुङ्ग्याएको जानकारीदिनु भयो ।

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १६:२५
प्रतिक्रिया दिनुहोस्