बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

भारतका बैंकिङमा ठूलो साइबर आक्रमण ,तीन सय बैंकको सिस्टम ह्याक

शुक्रबार, साउन १८, २०८१

भारत - भारतीय बैंकिङ प्रणालीमा ठूलो साइबर आक्रमण हुँदा एकैपटक झन्डै तीन सय बैंक ठप्प भएका छन् । आक्रमणका कारण सयौं बैंकको भुक्तानी प्रणाली प्रभावित भएको हो । सबै बैंकलाई प्राविधिक सहयोग उपलब्ध गराउने कम्पनी सी–एज टेक्नोलोजीमा साइबर आक्रमण भएको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

यस कम्पनीले भारतका सबै साना बैंकलाई प्राविधिक सहयोग गर्दै आएकोले कम्पनीमा साइबर आक्रमण हुँदा झन्डै तीन सय साना बैंक प्रत्यक्ष प्रभावित भएका हुन् । साइबर आक्रमणलाई ध्यानमा राख्दै भारतको भुक्तानी प्रणालीको निरीक्षण गर्ने संस्था नेसनल पेमेन्ट कर्पोरेशन अफ इन्डिया ९ एनपीसीआइ ० ले यस कम्पनीको काम अस्थायी रूपमा बन्द गरेको छ ।

एनपीसीआईका अधिकारीका अनुसार सी–एज टेक्नोलोजीको सेवा प्रयोग गर्ने यी बैंकका ग्राहकले पनि केही समयदेखि भुक्तानी प्रणाली प्रयोग गर्न समस्या भोग्नुपरेको थियो । भुक्तानी प्रणालीमा व्यापक असर पर्न नदिन साना बैंकलाई भुक्तानी सञ्जालबाट बाहिर राख्ने निर्णय गरिएको खबरमा उल्लेख छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  ०७:२८
प्रतिक्रिया दिनुहोस्