सार्वजनिक लेखा समितिको नेतृत्व विपक्षीलाई दिन माग

सोमबार, साउन २१, २०८१

काठमाडौं - प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको नेतृत्व विपक्षी दललाई दिन आग्रह गर्नु भएको छ। 

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

आज सोमबारका दिन  प्रतिनिधिसभाको  बसेको बैठकको शून्य समयमा उहाँले सार्वजनिक लेखा समितिको नेतृत्व विपक्षी दललाई दिन आग्रह गर्नु भएको भयो ।  

‘प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको नेतृत्व प्रमुख विपक्षी दललाई दिने लोकतान्त्रिक पद्धतिलाई पालन गर्न(गराउन सम्माननीय सभामुखज्यू र सम्मानित सदनको ध्यानाकर्षण गराउन चाहन्छु,’ पाण्डेले भन्नु भयो । 

सार्वजनिक लेखा समितिको संयोजक हाल सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेका सांसद ऋषिकेश पोखरेल रहनु भएको छ । 

उहाँ यसअघि पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा पनि समितिको संयोजक हुनुुथियो । तत्कालीन समयमा पनि एमाले सरकारमा सहभागी थियो ।

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १७:१४
प्रतिक्रिया दिनुहोस्