पाकिस्तानमा राजनीतिक र्‍यालीकामा विस्फोट , पाँचजनाको मृत्यु

बुधबार, माघ १७, २०८०

पाकिस्तान - दक्षिणपश्चिम पाकिस्तानमा राजनीतिक र्‍यालीका क्रममा विस्फोट हुँदा पाँचजनाको मृत्यु भएको छ।
पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा मंगलबार राजनीतिक र्‍यालीका क्रममा विस्फोट हुँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएका छन्।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

घटना बेलुका पौने ६ बजे भएको थियो प्रान्तको सिबी जिल्लामा मोटरसाइकलमा राखिएको विस्फोटक पदार्थ विस्फोट भएको स्रोतले बताएको छ। पाकिस्तान तहरीक(ए(इन्साफ ९पीटीआई० को र्‍यालीलाई लक्ष्य गरी हमला भएको स्रोतले बताएको छ।

घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको छ । तीन जनाको अवस्था गम्भीर छ। आक्रमणको जिम्मा अहिलेसम्म कुनै समूहले लिएको छैन। 

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  १९:००
प्रतिक्रिया दिनुहोस्