बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

आजको राशिफल माघ १८ गते बिहिवार

बिहीबार, माघ १८, २०८०

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
आयआर्जनमा ठिकै रहला । रमाईलोमा समय बित्ने देखिन्छ । व्यापार व्यवसायमा सफलता रहनेछ ।घर परिवारमा नयाँ आशा पलाउने छ । कार्यमा साथ दिनेहरु प्रशस्त्र भेटिने छन । प्रेम तथा दाम्पत्य जीवनमा सफलता रहनेछ । बिभिन्न साथ र सहयोग प्राप्त रहनेछ । सहयोग र उपहार प्राप्त रहनेछ ।  
              
वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
समय सँग सम्झौता गरे पनि प्रतिस्ठा जोगाउने समय छ । मनमा केहि आनन्द महशुस हुनेछ । सहयोगीको साथ रहनेछ । प्रयास गर्दा प्रतिस्पर्धामा सफलता रहनेछ । मेहनत वाट कार्यमा  सफलता रहनेछ । भौतिक साधन जोडने समय छ । यात्रा मलुक समय आउनेछ । हठ गर्नाले कार्यमा वाधा रहनेछ ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)
नयाँ समाचार प्राप्त हुनेछ । सन्तान पक्ष बाट प्रशन्नता छाउनेछ । सांगितिक क्षेत्रमा सफलता रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । शैक्षिक क्षेत्रमा  सफलता रहनेछ । आत्मा विश्वासमा काम गर्नुहोला । अग्रज व्यक्तिको  सहयोग मिल्नेछन । बिभिन्न भौतिक साधन प्रयोग हुनेछ । सन्तान पक्ष वाट साथ र सहयोग मिल्नेछ ।

कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
साझेदारी कार्यमा वाधा रहनेछ । कृषि,पशुबाट लाभ उठाउन  सकिनेछ । अग्रज व्यक्ति सग सग असमझदारी बढनेछ । केहि पारिवारीक समस्या आउला । आफनो भन्दा अरुको फाईदाको लागि काम गर्नुपर्नेछ । काम विगा्रने डरले काममा वाधा रहनेछ । सोच विचार नगरी अगाडि बढदा समस्या रहनेछ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
बिगतको कार्य वाट सफलता रहनेछ । समाजिक कार्यमा सफलता रहने देखिन्छ । अरुको सेवामा बढि खटिनु पर्ने देखिन्छ । सहयोगीहरुको राम्रो साथ र सहयोग मिल्नेछ । रोकिएका कामहरु बन्नेछन । नयाँ काम थालनी हुने समय देखिन्छ । उधोग व्यवसायमा सफलता रहनेछ । प्रतिस्पर्धामा अगाडि बढन सकिन्छ ।

कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
रोकिएका कामहरु सम्पादन हुनेछन । धैर्य र निरन्तरता बाट फाईदा मिल्नेछ । स्वास्थ्यमा केहि प्रतिकलता रहनेछ । खर्चमा बृद्धि रहनेछ ।शैक्षिक क्षेत्रमा समय दिन नसकिएला । आफनो काममा टिप्पनि हुनेछ । आफन्तको भावना बुझने प्रयास गर्नु होला । बिगतको परिश्रम वाट सफलता रहनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
समयले अलमल्याउन खोज्ने छ । सहयोगहरुको साथ मिल्नेछ । आत्मा  बिश्वास बढनेछ । रमाईलो घमघट हने समय छ । पारिवारीक काम बृद्धि रहला । नयाँ कामको थालनी हुनेछ । कार्यमा अभिप्रेरित गर्नेहरु प्रशस्त्र  रहनेछन । स्वादिष्ट भोजनको अनुभव लिन  सकिन्छ । बिगतको कार्यवाट सफलता रहनेछ ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
समय लाई नचिन्दा समस्या मिल्नेछ । सोच बिचार गरि अगाडि बढनु होला । अनाबश्यक यात्रा होला । धैर्यता बाट कार्यमा सफलता छ । अवसरको लागि समय बित्नेछ । आर्थिक खर्चको वृद्धि  रहनेछ । आफन्तमा असझदारी बढनेछ । काम विगा्रनेहरु प्रशस्त्र हुनेछ । धेरै लगानी कम प्रतिफल रहनेछ ।

धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)

परिवारजनको आवश्यकता पुरा हुनेछन । गरिएका कार्यहरुमा सफलता रहनेछ । बिगतका गल्ति कमजोरी लाई सुधार गर्ने समय छ । आर्थिक लाभ हुने समय देखिन्छ । साझेदारीमा फाईदा रहनेछ । आयआर्जन सा्रेत बढनेछन । आम्दानीका सा्रेतहरु बढनेछन । व्यापार व्यवसायमा सफलता रहनेछ ।  

मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
सामाजिक दायित्व बढनेछ । भूमि, वाहन र पैतिक सम्पत्तिको क्षेत्रबाट लाभ मिल्नेछ । व्यापारमा प्रशस्त्र लाभ रहनेछ । घराँयसि केहि समस्या आउला । प्रयास बाट कार्यमा सफलता छ । साथीहरुको साथ र सहयोग जुटनेछ । अरुलाई प्रभाव पारेर अगाडि बढन सकिनेछ । प्रतिष्ठा मुलक कार्य गर्ने समय रहनेछ ।

कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)
सामाजिक कार्यमा लाग्नु पर्नेछ । प्रतिष्ठा कमाउने समय  रहेको छ । मंगलमय कार्य शुरु हुनेछ । धार्मिक कार्यमा व्यस्थता बढने छ । सामाजिक कार्य बाट मनमा प्रशन्ता रहला । रोकिएका कामहरु बन्नेछ । नयाँ काम र जिम्मेवारी आउनेछ । धार्मिक क्षेत्रमा कार्य गर्ने समय छ । परोपकारी कार्यमा लाग्नु पर्नेछ ।

मीन (दी,दू,थ,जm,ञ,दे,दो,चा,ची)
स्वास्थ्यमा केहि प्रतिकुलता रहनेछ । गोपनियतामा सफलता रहनेछ । प्रयास गरेमा आसा नगरेको काम वाट सफलता रहनेछ । कार्यमा पछि फाईदा रहनेछ । नयाँ काम थाल्दा सोच बिचार गरेर अगाडि बढनु होला । जोश जाँगरले कार्य लिन सकिन्छ । समयले अप्ठेरो परिस्थिति ल्याउन सकिन्छ ।
                     
                     वास्तु ज्ञान

             
मन्दिरमा चढाउने वस्तु लाई चाख्ने वा सुँघने काम गर्नु हुँदैन ।

मन्दिर तथा देवता लाई अर्पण गर्ने वस्तुलाई सुघने वा चाख्ने कार्य गर्नुहुदैन । मुर्तिलाई दण्डवत प्रमान गरेर उठिसकेपछि आफना कपडालाई टक्टक्याउन हुँदैन । मुर्तिमा बायाँ हातले पानी हाल्नु हुँदैन । दायाँ हातले पुजा गरिनु पर्छ ।

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  ०७:१५
प्रतिक्रिया दिनुहोस्