Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

तिम्रो यात्रा सुन्दर छ !

बुधबार, भदौ ५, २०८१

तिम्रो यात्रा सुन्दर छ।

के का लागी हिड्छौ यात्री
असी काटेर नि।
छाक त पक्कै टर्थ्यो होला
घरमै बसेर नि।

दारी कपाल सेत्तै भई
दांत झर्दा पनि।
तिम्रो यात्रा जारी नै छ
असी काट्दा पनि।

सोर्ह वर्षे युवक जस्तै
झोला झिटी बोकी।
हिमाल पहाड तराई को
मनमा मायां राखि।

न शुरक्षा गार्ड अघि पछी
न स्वयम सेवक कोहि छ।
सादगिको सहयात्रा
अनौठो त यहि छ।

आधा सय शुरक्षा गार्ड
लिई हिड्छन कोहिले।
कुनै दिन तिम्रै चेला
चेली थिए पैले।

हेलिकोप्टर चढेर
गाउंमा पुग्छन उनि।
पैदल यात्रा हिडेका छौ
देश र जनता भनि।

सधै मनमा देशको मायां
राष्ट्र र राष्ट्रियता।
पुग्छ तिमीलाई एकपेट खाना
एकरात वास दिएत।

धर्ति माता गर्व गर्छिन
तिमीलाई जन्म दिएकोमा।
पश्चाताप पनि गर्छिन उनले
त्यहि कोखबाट लेन्डुपहरु जन्मिएकोमा।

सादगी जिवन यसैरी बितोश
निस्वार्थि रहेरै।
नझुकोश शिर कहिं कसै सॅग
चाहे मर्न परोश वलिदान दिएरै।

हिड्दै गर बढ्दै गर सहयात्री
तिम्रो यात्रा सुन्दर छ।
यो संसार त्यसैको हो
जो निरन्तर र निडर छ।

  लेखक
गणेश आचार्य
दाङ जिल्ला अध्यक्ष

राष्ट्रिय जनमार्चा नेपाल

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  २२:२५
प्रतिक्रिया दिनुहोस्
समाचार