शान्तिनगर १ मा दलित मुक्तिमोर्चा गठन

बिहीबार, माघ १८, २०८०

दाङ - शान्तिनगर गाउँपालिका वडा नम्बर १ मा दलित मुक्तिमोर्चा गठन गरिएको छ। बुधबार भएको भेलाले भानुभक्त बिकको अध्यक्षतामा माओवादी केन्द्र निकट दलित मुक्तिमोर्चा गठन गरेको हो।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

जसको उपाध्यक्षमा यमबहादुर बिक, कोषाध्यक्षमा आइति बिक सचिवमा बलबहादुर परियार रहेका छन्।
त्यस्तै सदस्यहरूमा तिलक परियार, चन्द्रा सुनार भिमबहादुर विक, सजिना बिक, भूमिसरा दमाई, हिरा परियार, कुलबहादुर बिक अम्बबहादुर सार्की र खिमा बिकलाई चयन गरिएको छ।

माओवादी केन्द्र शान्तिनगर गाउँ कमिटीका अध्यक्ष नेपबहादुर रोकाको प्रमुख अतिथितामा  कार्यक्रम भएको हो। त्यस अवसरमा पार्टीका गाउँ कमिटी उपाध्यक्ष जंगबहादुर पुन,  पार्टीका वडा इन्चार्ज पूर्णबहादुर ओली, हिराबहादुर ओली लगायतको सहभागिता रहेको थियो।

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  ०८:१२
प्रतिक्रिया दिनुहोस्