Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

अघिल्लो चुनावमा हस्तक्षेप गरेको आरोपमा पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध फेरि मुद्दा दायर

बुधबार, भदौ १२, २०८१

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध फेरि मुद्दा दायर हुन थालेको छ । अमेरिकी न्याय विभागका विशेष काउन्सिल ज्याक स्मिथले ट्रम्पविरुद्ध सन् २०२० को अमेरिकी राष्ट्रपतीय चुनावमा हस्तक्षेप गरेको आरोपमा मुद्दा दायर गर्नुभएको हो । यस अभियोगमा ट्रम्पविरुद्धको चार आपराधिक मुद्दा र यौन दुर्व्यवहारलाई समेत समेटिएको बीबीसीले जनाएको छ ।

ट्रम्पले भने चुनावमा आफूले कुनै पनि हस्तक्षेप नगरेको भन्दै आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् । नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावको दौडमा समेत रहेका ट्रम्पले सामाजिक सञ्जालमार्फत अमेरिकी नागरिकको ध्यान भङ्ग गर्न र आफूलाई कमजोर बनाउन खोजिएको टिप्पणी गरेका छन् ।

अमेरिकामा आउँदो नोभेम्बर ५ मा राष्ट्रपतिको चुनाव हुँदैछ । उनको विपक्षमा डेमोक्र्याटिक पार्टीले उपराष्ट्रपति कमला ह्यारिसलाई उम्मेदवार बनाएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १४:५५
प्रतिक्रिया दिनुहोस्