कर प्रशासनमा चार्टड एकाउण्टेन्सहरुलाई प्रवेश गराउन सकारात्मक छु :अर्थमन्त्री

बिहीबार, माघ १८, २०८०

काठमाडौं -  अर्थमन्त्री डा.प्रकाशशरण महतले कर प्रशासनमा चार्टड एकाउण्टेन्सहरुलाई प्रवेश गराउन सकारात्मक रहेको बताउनु भयो। ​

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

बुधवार काठमाडौंमा आयोजित चार्डट एकाउन्टेन्स संस्थाको २७ औं वार्षिकोत्सव एवं छैटौं दिक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले चार्टड एकाउण्टेन्सहरुले पेशागत कर्तव्य पालना गर्ने सिलसिलामा आउने लोभ, लालसा अथवा डर धम्कीबाट नहिच्किचाइ आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक वहन गर्ने हो भने सुशासन सुनिश्चित रहेको बताउनु भयो।

उहाँले सार्वजनिक क्षेत्रदेखि लिएर निजी क्षेत्रमा समेत सुशासन सुनिश्चित हुने जानकारी दिए। बेरुजुको वर्गीकरण गरेर गम्भीर प्रकृतिका समस्यालाई प्राथमिकताका आधारमा समस्या समाधान गर्नुपर्नेमा उनको जोड थियो। 

मन्त्री महतले देशको अर्थतन्त्रले बिस्तारै लय समातिरहेको जिकिर गर्नु भयो। 

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १२:१४
प्रतिक्रिया दिनुहोस्