बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

प्रधानमन्त्री प्रचण्डद्वारा उदयपुर सिमेन्ट उद्योगको अवलोकन

शनिबार, माघ २०, २०८०

उदयपुर : प्रधामन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’ले उदयपुर सिमेन्ट उद्योगको अवलोकन गर्नुभएको छ । उदयपुरको त्रियुगा नगर वडा नं ६ जलजले पुगी उहाँले उद्योगको प्लान्टलगायत महत्त्वपूर्ण संरचनाको अवलोकन गर्नुभएको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

प्रधानमन्त्रीलाई उद्योगका महाप्रबन्धक खगेन्द्रबहादुर बस्नेतले उद्योगको समग्र अवस्थाबारे जानकारी गराउनुभएको थियो ।

सो क्रममा प्रधानमन्त्री प्रचण्डले उद्योगलाई यही अवस्थामा नभई ‘अपग्रेड’ गरेर चलाउनुपर्ने बताउनुभयो । आफूले उद्योगको समस्यालाई गम्भीर रुपमा लिएको उल्लेख गर्दै उहाँले उद्योगलाई दीर्घकालीनरुपमा सञ्चालन गर्न सरकार तयार रहेको बताउनुभयो ।

उदयपुर सिमेन्टर नेपाल सरकारद्वारा सञ्चालित सिमेन्ट उद्योग हो । नेपाल र जापान सरकारको संयुक्त लगानीमा सो उद्योगको स्थापना भएको थियो ।

प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  १८:४०
प्रतिक्रिया दिनुहोस्