बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

आज २०८१ साल असोज २६ गते शनिबारको राशिफल

दाङ आश्विन शुक्लपक्ष दशमी तिथि श्रवण नक्षत्र नेपालमा सूर्योदय ६ः३ सूर्यास्त ५ः३६

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
व्यक्तिगत समस्या आउन सक्छ । आफनो काममा अग्रसरता रहनेछ । मान सम्मान तथा प्रतिष्ठा कमाउने समय छ । जग्गा ,जमिनमा , सफलता छ ।

वृष(इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
तपाईलाई चुनौति आउनेछ तर गोपिनियताका साथ अगाडि जानुहोला । कुरा काटनेहरु प्रशस्त्र हुनेछन । बाध्यताले केहिकाम गर्न अप्ठरो हुनेछ ।

मिथुन(क,कि,कु,घ,ङ,छ,के,को,ह)
काम र परिश्रमको फल प्राप्त नरहन सक्छ । बन्न लागेको काममा अबरोध रहनेछ । नबिन कार्य गर्नको लागि केहि समय प्रतिक्षा गर्नु होला ।

कर्कट(हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
धैर्यता र बुद्धिले काम गर्नु होला । आम्दानी ठिकै रहला । प्रेमको डोरी गाँस्नेहरुको लागि उपयुक्त समय छ । दाम्पत्य जीवन सहज हुनेछ ।

सिंह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
व्यापार लगाएत अन्य आर्थिक लाभ हुनेक्षेत्र ठिकै रहला । तपाईको डाह गर्नेहरुले काम बाधा  दिन सक्नेछन । आफनो कार्यलाई ख्याल गर्नुहोला ।

कन्या(टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
शरिरले साथ कम मात्रमा दिनेछ । नराम्रो कुरा सुन्नु पर्ला । शैक्षिक क्षेत्रमा समय दिन नसकिएला । व्यावसायमा सोचे अनुसार फाईदा नहुन सक्छ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तु,ते)
विगतका गलत सोचले काम बिग्रिनेछ । अनाबश्यक बोल्दा काम बिग्रिनेछ । सुझाब नमान्दा अप्ठेरोमा परिएला । महत्वपूर्ण योजना गोप्य राख्नु ।

वृश्चिक(तो,ना,नि,नु,ने,नो,या,यि,ये)
काम गर्नेहरुको लागि समयले साथ दिनेछ । आफन्तले राम्रो साथ दिनेछन । केहि काम रोक्ने र नयाँ काम गर्ने बेला छ । व्यावसायमा फाईदा नै रहनेछ ।

धनु(य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
अध्यायनमा समय निकाल्न नसकिएला । बोल्दा साबधानी रहनु होला । आर्थिक क्षेत्रमा बिवाद रहन सक्छ । मान सम्मानमा धक्का लाग्ला ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
रमाईलो जमघट तथा स्वादिष्ट भोजनको  योग रहनेछ । हिजोको सफलताले मनमा आनन्द हुनेछ । नयाँ कामको थालनी हुने समय रहेको छ ।

कुम्भु(गु,गे,गो,सा,सी,सु,से,सो,द)
बैदेशिक कार्यमा सफलता रहनेछ । घराँयसी खर्चमा बृद्धि हुनेछ । समयलाई लाई चिन्न नसक्दा अप्ठेरोमा परिएला । बन्न लागेको काम बिग्रिन सक्छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
  समयले खर्च बढाउनेछ । साचेको काममा बिचमा अबरोध आउन सक्छ । परिस्थिति सोचेको भन्दा फरक बन्नेछ । धेरै मेहनत कम प्रतिफल रहने समय छ ।


वास्तु ज्ञान - ढोका दक्षिणमा रहन्छ भने चन्चलता हुने गर्छ ।
दक्षिण दिशाको स्वामी मंगल हो । दक्षिण ढोका हुने घरमा मंगलको अत्याधिक प्रभाव पर्छ । त्यसैले दक्षिणतर्फ द्धार भएका घरमा बस्ने मानिसमा चन्चलता,चिन्चित, भएपनि साहसी,निडर बन्दछन । खानपिनमा मसलाको बढि प्रयोग भएको खाने कुरामा रुचि राख्दछन ।

 

 

 

प्रकाशित मिति: शनिबार, असोज २६, २०८१  ००:००
प्रतिक्रिया दिनुहोस्