Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

काभा २० वर्षमुनिको पुरुष भलिबलमा नेपाल उज्वेकिस्तानसँग पराजित

शनिबार, असोज २६, २०८१

काठमाण्डौः काभा २० वर्षमुनिको पुरुष भलिबल च्याम्पियनशिपको उपाधि जित्न नेपाल असफल भएको छ । श्रीलङ्काको कोलम्बोमा भएको फाइलनमा नेपाल उज्वेकिस्तानसँग पराजित भएसँगै उपाधि जित्न असफल भएको हो । नेपाल उज्वेकिस्तानसँग ३–१ को सेटमा पराजित भयो ।

पहिलो सेट जितेको नेपालले त्यसपछिका तीन वटा सेटमा लगातार हार बेहोर्‍यो । हिजोको खेलमा नेपालले तुर्कमेनिस्तानलाई ३–० को सोझो सेटमा हराएको थियो । तुर्कमेनिस्तानसँग समान अङ्क भए पनि सेटको जीतका आधारमा नेपाल फाइनलमा पुगेको हो । उज्वेकिस्तान समूह चरणका सबै पाँच खेल जितेर शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको थियो । 
 

प्रकाशित मिति: शनिबार, असोज २६, २०८१  २१:०१
प्रतिक्रिया दिनुहोस्
समाचार