दशैं दशैं
Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

काभा च्याम्पियनसिप: नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दै

बिहीबार, साउन ७, २०८३

काठमाडौं,७ साउन - नेपाल राष्ट्रिय पुरुष भलिबल टोलीले सेन्ट्रल एसियन भलिबल एसोसियसन (काभा) च्याम्पियनसिपमा आज श्रीलंका सँग खेल्दैछ। खेल पाकिस्तानको इस्लामावादमा नेपाली समय अनुसार ११ बजे सुरु हुनेछ। 

पहिलो खेलमा कजाखस्तानसँग नेपाल सानदार प्रदर्शनका बावजुद ३–२ को सेटमा पराजित भयो।  पहिलो दुइ सेटमा कमजोर प्रदर्शन गरेपनि नेपालले तेस्रो खेलमा सानदार प्रदर्शन गर्दै ३४–३२ को जित निकालेको थियो। चौथो सेटमा नेपाल पुनः जित निकाल्न सफल भयो। तर, पाचौं सेटमा चुक्दा पहिलो खेलमै पराजित हुन पुग्यो।

हरिहजुर थापाको कप्तानीमा नेपाली टिमको प्रशिक्षण जगदिश भट्टले गराइरहेका छन् ।

अब, नेपालले शुक्रबार आयोजक पाकिस्तान, आइतबार बंगलादेश, सोमबार समूहको अन्तिम खेलमा उज्वेकिस्तान सँग खेल्नेछ। 

प्रकाशित मिति: बिहीबार, साउन ७, २०८३  ०७:१६
प्रतिक्रिया दिनुहोस्