बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

मुख्यमन्त्री कप महिला भलिबल क्वाटरफाईनल खेल्ने सात टीमको लाग्याे टुंगो

शुक्रबार, चैत २२, २०८१

दाङ - दाङको घोराहीमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल प्रतियोगितामा क्वाटरफाईनल खेल्ने सात टीमको टुंगो लागेको छ । प्रदेश खेलकुद परिषद, लुम्बिनीको आयोजनामा बुधबारदेखि शुरु भएको प्रदेश स्तरीय प्रतियोगिता अन्तरगत बिहीबार भएका लिग चरणको खेलबाट क्वाटरफाईनल खेल्ने सात टीमको टुंगो लागेको हो । लिग चरणको अन्तिम खेलमा दाङ र बर्दिया बीचको खेल कमजोर भिजिबिलिटीका कारण रोकिएपछि क्वाटरफाईनल समीकरण पूरा हुन नसके पनि अन्य सात टीमले क्वाटरफाईनलमा स्थान सुरक्षित गरेका छन् ।
घोराही उपमहानगरपालिका वडा नम्बर १५ स्थित जिल्ला समन्वय समितिको सहिद मञ्चमा जारी प्रतियोगितामा क्वाटरफाईनलमा रोल्पा, रुकुमपूर्व, पाल्पा, अर्घाखाँची, बाँके, कपिलबस्तु र रुपन्देही प्रवेश गरेका छन् ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

दाङ र बर्दिया भने लिग चरणको अन्तिम खेलमा १–१ को बराबरीमा रोकिएका छन् । अब यी दुई टीम बीचको खेल शुक्रबार बिहान फेरि शुरुबाट हुने आयोजकले जनाएको छ । दुवै टीमलाई क्वाटरफाईनल प्रवेश गर्न जीत अनिवार्य छ ।

समुह ‘डी’ मा रहेका रुपन्देही, दाङ र बर्दिया मध्ये रुपन्देही समुह विजेता हुँदै अन्तिम आठमा स्थान सुरक्षित गर्दा अब दुई मध्ये एक टीम उपविजेता हुँदै क्वाटरफाईनल पुग्नेछ ।
समुह ‘ए’ बाट रोल्पा विजेता र रुकुमपूर्व उपविजेता हुँदै क्वाटरफाईनल प्रवेश गरेका छन् । समुह ‘बी’ बाट पाल्पा बुधबार नै क्वाटरफाईनल प्रवेश गर्दा अर्घाखाँची उपविजेता हुँदै अन्तिम आठमा पुगेको छ । समुह ‘सी’ बाट बाँके विजेता र कपिलबस्तु उपविजेता हुँदै अन्तिम आठमा पुगेका छन् । समुह ‘डी’ बाट रुपन्देही विजेता हुँदै अन्तिम आठमा पुग्दा उपविजेताको टुंगो शुक्रबार हुने लिग चरणको अन्तिम खेलबाट लाग्ने आयोजनकले जानकारी दिएकाे छ ।

यसअघि, लिग चरणको खेलमा कपिलवस्तुले प्युठानलाई ३–२ को सेटमा हराउँदा, रुपन्देहीले बर्दियालाई ३–१ को सेटमा हरायो । यसैगरी, रोल्पाले गुल्मीलाई ३–० को सोझो सेटमा हराउँदा अर्घाखाँचीले पनि नवलपरासीलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । बाँकेले पनि कपिलवस्तुलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । प्रतियोगितामा लिग चरणबाट अहिलेसम्म गुल्मी, नवलपरासी र प्युठान बाहिरिएका छन् ।

लिगकम नकआउटको आधारमा खेलाइएको मुख्यमन्त्री कप प्रदेशस्तरीय महिला भलिबल प्रतियोगितामा प्रदेशका १२ वटै जिल्लाबाट महिला भलिबल खेलाडी दाङमा आएका प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरन गौतमले जानकारी दिनुभयो । प्रदेशमा दक्ष महिला खेलाडी उत्पादन गर्न र भलिबलको विकासका लागि प्रदेश स्तरीय प्रतियोगिता आयोजना गरिएको प्रदेश खेलकुद परिषद, लुम्बिनीले जनाएको छ । प्रतियोगिताको क्वाटरफाईनल र सेमीफाईनलका खेल शुक्रबार हुनेछन् । फाईनल खेल शनिबार हुने आयोजक प्रदेश खेलकुद परिषद लुम्बिनीले जानकारी दिएकाे छ।

प्रतियोगिताको उपाधि जित्ने टीमले नगद एक लाख, मेडल, ट्रफी र प्रमाण–पत्र पुरस्कार पाउने छ भने उपविजेता टीमले नगद पैसट्टी हजार, मेडल, ट्रफी र प्रमाण–पत्र पुरस्कार पाउने आयोजक प्रदेश खेलकुद परिषदका सदस्य कैलाश रोका मगरले बताउनुभयो । यसैगरी, तृतीय पुरस्कार नगद पैतिस हजार, मेडल, ट्रफी र प्रमाण–पत्र र सान्त्वना हुने टीमले नगद पन्ध्र हजार प्रमाण–पत्र प्राप्त गर्ने उहाँले बताउनुभयो ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई नगद दश हजार, मेडल, ट्रफी र प्रमाण–पत्र प्रदान गरिनुका साथै ६ विधामा उत्कृष्ट हुने खेलाडीलाई पनि जनही पाँच हजार, मेडल, ट्रफी र प्रमाण–पत्र प्रदान गरिने भएको उहाँले बताउनुभयो ।

 

 

प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१  ०६:४३
प्रतिक्रिया दिनुहोस्