आज राशिफल

आज २०८१ साल कात्तिक १० गते शनिबारको राशिफल

शनिबार, कात्तिक १०, २०८१
राप्ती गाउँपालिका दशैतिहार शुभकामना सन्देश

दाङ - आज २०८१ साल कात्तिक १० गते शनिबार तदनुसार सन् २०२४ अक्टोबर २६ तारिख । कात्तिक कृष्ण पक्षको नवमी तिथि । नक्षत्रअनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। मयुर अनलाइनका लागि ज्योतिषि ठाकुर प्रसाद देवकोटाले तयार पार्नुभएको आजको फलादेशः

गढवा गाउँपालिका दशैतिहार शुभकामना सन्देश

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
प्रतिस्पर्धामा सफलता रहनेछ । समय लाई व्यवस्थापन गर्न नसक्दा केहि समस्या आउनेछ । काम गर्दा हतार बाट कार्यमा समस्या आउने देखिन्छ ।

वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
नयाँ काम थालनी गरे पनि कार्यमा बाधा रहनेछ । सहयोग गर्नेहरु बाट धोका रहनेछ ।सामाजिक कार्यमा सफलता आउनेछ । मेहनत बाट सफलता छ ।

मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)
शैक्षिक क्षेत्रमा समय दिन नसक्दा समस्या आउला । तपाईको कार्यमा अरुको आलोचना आउनेछ ।आन्तरिक कुरालाई जानकारी लिन सकिने समय छ ।

कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
खानामा बिशेष ख्याल गरेर अगाडि बढनु होला । तपाई लाई साथ र सहयोग गर्नेहरु थोरै हुनेछन । समयलाई व्यवस्थापन गर्न नसक्दा समस्या आउला ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
आफन्तमा केहि असमझदारी बढाउने समय रहेको देखिन्छ । घर बाहिरका कार्यहरु बाट सफलता रहनेछ । बैदेशिक क्षेत्रका व्यक्तिहरु सफलता रहनेछ ।

कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
आफुलाई मन पर्ने बिभिन्न भौतिक सामाग्री जोडने समय रहेको छ । आम्दानीका क्षेत्रहरुमा बृद्धि रहनेछ । व्यापार व्यवसायमा सफलता रहनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
व्यवसायमा भने अनुसार फाईदा लिन समस्या छ । अरुको कामको लागि केहि समय खर्च गर्नुपर्ने देखिन्छ । तपाई लाई रिस मान्नेहरु बाट समस्या छ ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
बिगतमा नराम्रो सोच्नेहरु बाट कार्यमा केहि समस्या आउला । तपाईको कामको राम्रो प्रतिफल रहनेछ । अरुलाई आफनो बहसमा पार्ने समय छ ।

धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
खर्चमा बृद्धि रहनेछ । दौडधुप बढि रहनेछ । अनाबश्यक आरोप लगाउने बाट सावधानी रहनु होला । तपाई लाई साथ सहयोग गर्नेहरु थोरै  रहनेछन ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
आफन्त सग भेटघाट रहनेछ । व्यापार व्यवसायमा सफलता रहनेछ । प्रेमीप्रेमिका तथा दाम्पत्य जीवनमा सफलता रहनेछ । आम्दानीका स्रोतहरु बढनेछन ।

कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)
खानपिनमा  बिशेष ख्याल गर्नुहोला । तपाईको कार्यमा नराम्रो सोच्नेहरु बाट बच्नु होला । सोचेको कार्यमा केहि ढिलाई हुनेछ । अनावश्यक खर्च बाट बच्नु होला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
प्रतिस्ठामय काम गर्ने बेला छ । नयाँ समाचार सुन्न पाइएला । कृषि तथा पशुचौपाय बाट सफलता रहनेछ । सन्तान पक्ष बाट साथ सहयोग रहनेछ ।

वास्तु ज्ञान : स्नानघर (नुहाउने कोठा) पुर्वदिशा सर्वोतम स्थान मानिन्छ । वास्तुशास्त्रीय आधारमा नुहाउने कोठा बनाउदा पूर्वदिशा उपयुक्त मानिन्छ । नुहाउदा  पूर्व वा उत्तर फर्केर नुहाउने गर्नुपर्छ । अन्य दिशामा नुहाउने गरेमा त्यस घरमा अशान्ति, वैमनस्यता, झगडा वद्छ । प्रगति र उन्नतिमा वाधा हुन्छ । शरिरमा स्फूति हराउँछ ।

 

प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१  ०६:३१
प्रतिक्रिया दिनुहोस्