बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

इरानमाथिको कारबाही तत्काल अन्त्य भएको इजरायलको घोषणा

शनिबार, कात्तिक १०, २०८१

काठमाडौ - इजरायलले इरानमाथिको कारबाही तत्कालका लागि अन्त्य भएको घोषणा गरेको छ । राजधानी तेहरान आसपासका इरानी सैन्य क्षेत्रलाई लक्षित गरी हवाइ आक्रमण गरेको इजरायलले इरानमाथिको जबाफी कारबाही तत्कालका लागि रोकिएको घोषणा गरेको बीबीसीले जनाएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

तत्कालका लागि आक्रमण सकिएको तर इरानले पुन आक्रमणको प्रयास गरे इजरायल त्यसको जबाफ दिन पनि तयार रहेको पनि इजरायली अधिकारीहरूले बताएका छन् । आक्रमणमा प्रयोग भएका विमानहरु सुरक्षित रूपमा घर फर्किएका पनि इजराइली डिफेन्स फोर्सले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तीमा इजरायली सैनिकका प्रवक्ता ड्यानियल हगारीले आफुहरुलाई धम्की दिने र क्षेत्रीय तनाव बढाउन खोज्नेहरूले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभएको छ । आजको आक्रमणलाई इजराइलले अक्टोबर १ तारिखमा इरानले गरेको आक्रमणको जबाफ भनेको छ । अक्टोबर १ मा इरानले एक सय ८० वटाभन्दा बढी मिसाइलले इजरायलमाथि आक्रमण गरेको थियो ।

यसैबीच इजरायलले गरेको धेरैजसो आक्रमण आफ्नो प्रतिरक्षा प्रणालीले निस्तेज पारिदिएको इरानले बताएको छ । इरानको सरकारी समाचार संस्थाले तेहरान, खुजेस्तान र इलामलगायतका ठाउँमा सामान्य क्षति भएको बताएको छ । इजरायल इरानसँगै गजामा हमास र लेबनानमा हिजबुल्लाहसँग लडाइँ गरिरहेको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१  १७:३५
प्रतिक्रिया दिनुहोस्