बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
विश्व समाचार

रुसद्वारा युक्रेनमा सेप्टेम्बरयताकै ठूलो आक्रमण

आइतबार, मंसिर २, २०८१

 काठमाडाै - रुसले युक्रेनमाथि सेप्टेम्बर महिनापछिकै सबैभन्दा ठूलो आक्रमण गरेको छ । गएराति रुसले युक्रेनका कैयौं ठाउँमा मिसाइल र ड्रोन प्रहार गरेको बीबीसीले जनाएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

यो आक्रमणमा रुसले युक्रेनको ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै जेनेरेटर र ट्रान्समिसन स्टेशनलाई निशाना बनाएको छ । यसले गर्दा धेरै ठाउँ बिजुलीविहीन बनेका छन् । रुसी आक्रमणका कारण राजधानी किभसहित तीन वटा क्षेत्रमा बिजुली सेवा अवरुद्ध भएको युक्रेनको सबैभन्दा ठूलो ऊर्जा प्रदायकले जनाएको खबरमा उल्लेख छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले १ सय २० वटा मिसाइल र ९० वाट ड्रोन आक्रमण गरेको बताउनुभएको खबरमा उल्लेख छ । युक्रेनको आपत्कालीन सेवाका अनुसार रुसी आक्रमणमा दुई जना महिलाको ज्यान गएको छ भने दुई बालबालिकासहित ६ जना घाइते भएका छन् ।

मिकोलेभका गभर्नरले आगलागीका कारण आवासीय भवन, अग्ला भवन, कार, शपिङ सेन्टर र पूर्वाधारमा क्षति पुगेको बताएका छन् ।

प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  २०:१७
प्रतिक्रिया दिनुहोस्