दशैं दशैं
Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM
राजनीति

शेखर समूहलाई पेलिरहे ०८४ अघि कांग्रेस दुर्घटनामा जान्छ : नेता सुनिल शर्मा

मंगलबार, मंसिर २५, २०८१
शान्तिनगर गाउँपालिका-दशै तिहार २०८३

काठमाडौँ - सांसद सुनिल शर्माले संस्थापन पक्षले शेखर कोइराला उहाँको समूहलाई पेलिरहे ०८४ अघि कांग्रेस दुर्घटनामा जाने बताउनु भयो । 

मंगलबार पत्रकार सम्मेलन गरेर उहाँले पार्टी क्याप्चर गरेर‚ शेखर समूहलाई पेलेर अघि बढ्ने दिवास्वप्न नदेख्न पनि चुनौती दिनुभयो । गिरिजाप्रसाद कोइराला पार्टी सभापति हुँदा शेरबहादुर देउवालाई पार्टी भित्र सम्मानजनक भाग र ‌ओहोदा दिएको स्मरण गर्दै उहाँले ४१ प्रतिशत मत ल्याएको शेखर कोइरालालाई कोही हैन भन्ने व्यवहार अन्त्य गर्न चुनौती पनि दिनुभयो । 

‘उहाँहरूले यहीँ रवैया अपनाएर गए कांग्रेस पार्टीभित्र दुर्भाग्य हुन्छ । ०८४ अगाडी कांग्रेस दुर्घटनामा जान सक्छ‚’ उहाँले भन्नुभयो । उहाँले यसका विरुद्ध देशभर गएर कार्यक्रम गर्ने भन्दै पुस ५ गते धनगढीमा कार्यक्रम आयोजना गरिएको बताउनु भयो । 

नेता शर्माले कोशी प्रदेशमा भएको भेला र प्रदेश सम्मेलन बहिस्कारको विषयमा जानकारी गराउनु हुँदै भन्नुभयो‚ ‘त्यहाँ एक किसिमले शेखर दाइलाई डोमिनेट गरेर निषेध गरेपछि हामीले सशक्त कुरा राख्यौँ । सभापतिज्यूले पछि कांग्रेस लोकतान्त्रिक दल हो विरोध गर्न बोल्न पाइन्छ भन्नुभयो ।’

सभापति देउवाको तारिफ गर्दै उहाँले देउवामा आफूले बिपी कोइरालाको आत्मा जीवित रहेको अनुभूति गरेको पनि बताउनुभयो। 

‘बिपी कोइरालासँग काम गरेको शेरबहादुर दाइ हो । बिपी कोइरालाको आत्मा कहीँ न कहीँ शेरबहादुर देउवामा छ‚’ उहाँले भन्नभयो‚ ‘उहाँको वरिपरि कोही मान्छे छन् जो चुनाव पनि जितेकै छैनन् । उनीहरूले बिगारेका हुन् ।’ साभार - इकान्तिपुर डट कम

प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  १६:५३
प्रतिक्रिया दिनुहोस्
समाचार
टि.भी