विश्व समाचार

सिरियाली प्रधानमन्त्रीको विदेशमा रहेका सबै नागरिकलाई स्वदेश फर्किन आग्रह

बिहीबार, मंसिर २७, २०८१

एजेन्जी - सिरियाको सङ्क्रमणकालीन सरकारका प्रधानमन्त्रीले विदेशमा शरण लिएका आफ्ना नागरिकलाई स्वदेश फर्कन आह्वान गर्नुभएको छ ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

विद्रोही समूहहरूले आउने मार्चसम्म देश सञ्चालनका लागि सङ्क्रमणकालीन सरकार प्रमुखको रूपमा नियुक्त गरेका मोहम्मद अल–बशीरले आफ्नो पहिलो लक्ष्य विदेशमा रहेका लाखौँ सिरियाली शरणार्थीलाई फिर्ता ल्याउनु रहेको बताउनुभएको छ ।

विदेशमा रहेका नागरिकको मानव पुँजी, ज्ञान, सीप र अनुभवले देशलाई आर्थिक रूपमा फस्टाउन सहयोग गर्ने उहाँँको विश्वास रहेको बीबीसीले जनााएको छ ।

प्रधानमन्त्री मोहम्मदले सिरिया अब एक स्वतन्त्र देश भएको र यहाँ पुनर्निर्माणसमेत आवश्यक भएकाले सबै मिलेर एकजुट हुनपर्ने बताउनुभयो ।

इस्लामिक नेतृत्वको विपक्षी गठबन्धनले सिरियाको राजधानी दमास्कसमा पाँच दशक लामो क्रूर शासनको अन्त्य गरेपछि राष्ट्रपति बसर अल असद सिरियाबाट भाग्नुभएको थियो ।

प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  ०७:३०
प्रतिक्रिया दिनुहोस्