नेपाल प्रिमियर लिग

नेपाल प्रिमियर लिग : जनकपुरले दियो सुदूरपश्चिमलाई १४० रनको लक्ष्य

बुधबार, पुस ३, २०८१
राप्ती गाउँपालिका दशैतिहार शुभकामना सन्देश

काठमाडौँ   नेपाल प्रिमियर लिग अन्तर्गतको पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्सलाई जनकपुर बोल्ट्सले १४० रनको लक्ष्य दिएको छ ।

गढवा गाउँपालिका दशैतिहार शुभकामना सन्देश

कीर्तिपुर मैदानमा टस जितेर पहिला ब्याटिङमा उत्रिएको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन बनाएको हो ।

जनकपुरका लागि सर्वाधिक ४५ रन जेम्स नीशमले जोडे । उनले ३ चौका र ३ छक्का प्रहार गरे । उनलाई अर्धशतक प्रहार गर्न ५ रन बाँकी रहँदै सुदूरपश्चिमका स्कट कुग्गेलिजनले रोके ।

सुवास कंशाकारले २४ बलमा ४ चौकाको सहयोगमा २६ रन जोडे । बाँकी चितवनका अन्य ब्याटरहरु आजको खेलमा चल्न सकेनन् ।

ओपनरद्वय लाहिरु मिलन्था र आशिफ शेख सस्तैमा आउट भए । लाहिरुले १२ र आशिफले ११ रन मात्रै जोडे ।

लाहिरु सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीको एलबीडब्ल्यू धरापमा परेर पवेलिएन फर्किए । आशिफ सैफ जाइबको बलमा आउट भए ।

हर्ष थाकर १२ र अरनिको यादव ११ रनमा आउट भए । अन्य खेलाडीले भने दोहोरो रन बनाउन सकेनन् ।

बलिङतर्फ दीपेन्द्रले ३ विकेट लिए । सैफ जाइबले दुई विकेट लिँदा स्कट कुग्गेलिजन र अभिनास बोहोराले समान १–१ विकेट लिए ।

प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  १६:०१
प्रतिक्रिया दिनुहोस्