Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM
नेपाल प्रिमियर लिग सिजन -३

मुन्सेको विस्फोटक शतकमा सुदूरपश्चिम पहिलोपटक एनपीएल च्याम्पियन

शनिबार, मंसिर ५, २०८३
नेपाल बिद्युत प्राधिकरण - घाेराही वितरण केन्द्र दाङ
शान्तिनगर गाउँपालिका-दशै तिहार २०८३

काठमाडौँ,४मंसिर- जर्ज मुन्सेको विस्फोटक शतकको मद्दतमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि पहिलोपटक जितेको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम च्याम्पियन बनेको हो ।

लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले १३.३ ओभरमै कुनै विकेट नगुमाई पूरा गर्‍यो । सुदूरपश्चिमको जितमा जर्ज मुन्से नायक बने । उनले ५४ बलमा अविजित १२५ रन बनाए । यसक्रममा उनले ४९ बलमै शतक पूरा गर्दै एनपीएल इतिहासकै सर्वाधिक व्यक्तिगत रनको कीर्तिमानसमेत बनाए । अर्का ओपनर विनोद भण्डारीले २७ बलमा अविजित ३० रन बनाएर उनलाई साथ दिए ।

टस जितेर पहिले बलिङ रोजेको सुदूरपश्चिमले लुम्बिनीलाई निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रनमा रोकेको थियो । लुम्बिनीका लागि दिलीप नाथले सर्वाधिक अविजित ४० रन बनाए । कप्तान रोहित पौडेलले ३०, निरोसन डिकवेलाले २८, अलि शेखले २४ तथा डार्सी सर्टले २१ रनको योगदान दिए ।

सुरुवातदेखि नै दबाबमा परेको लुम्बिनीले पावरप्लेमा दुई विकेट गुमाउँदै ३७ रन बनाएको थियो । सुदूरपश्चिमका स्कट कुगलेनले दुई विकेट लिए भने थरिन्दु रत्नायके र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट हात पारे । लुम्बिनीका कप्तान रोहित पौडेल रनआउट भएका थिए ।

१५६ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको सुदूरपश्चिमले सुरुदेखि नै आक्रामक खेल प्रदर्शन गर्‍यो । मुन्सेले लुम्बिनीका बलरमाथि निरन्तर दबाब सिर्जना गर्दै चौका र छक्काको वर्षा गरे । उनले २८ बलमा अर्धशतक पूरा गरेका थिए । पावरप्ले समाप्त हुँदा सुदूरपश्चिमले बिना विकेटको क्षतिमा ६० रन बनाइसकेको थियो ।

मुन्सेको आक्रामक ब्याटिङसामु लुम्बिनीका बलर निरीह देखिए । उनले १२५ रनको अविजित इनिङ्स खेल्दै टोलीलाई ऐतिहासिक जित दिलाए । भण्डारीले पनि धैर्यपूर्ण ब्याटिङ गर्दै अविजित ३० रन बनाए ।

यससँगै सुदूरपश्चिम रोयल्सले एनपीएलको तेस्रो संस्करणको उपाधि आफ्नो नाममा लेखाएको छ भने साविक विजेता लुम्बिनी लायन्स उपविजेतामा सीमित भएको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर ५, २०८३  २०:२७
प्रतिक्रिया दिनुहोस्