बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

आजको राशिफल माघ २६ गते शुक्रवार

शुक्रबार, माघ २६, २०८०

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
आफुलाई आवश्यक पर्ने सामाग्री प्राप्त हुने समय छ । तपाईको कार्य क्षेत्रमा अरुले प्रभाव पार्न खोज्नेछन । आफनो प्रतिष्ठा लाई ख्याल गरेर अगाडि बढनु होला । आफन्तको साथ र सहयोग  रहने समय छ । सामाजिक क्षेत्रमा जिम्मेवारी बहन गर्नु पर्ला । व्यापार व्यवसाय गरेका लाई ठिकै रहने देखिन्छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
स्वास्थ्यमा केहि प्रतिकुलता आउनेछ । सहयोग गर्नेहरु बाट धोकामय समय रहेको देखिन्छ । व्यवसायमा लगानी बढाउने समय रहेको देखिन्छ । समय लाई व्यवस्थापन गदै अगाडि बढनु होला । आफनो भन्दा अरुको कार्यमा बढि  समय दिनु पर्ने देखिन्छ । सामाजिक सेवा भावले कार्यमा, ठिकै रहनेछ ।

मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)
कार्यमा केहि समस्याहरु लाई हल गदै अगाडि बढने योग छ । नसोचेको कार्य बाट लाभ रहने छ । बिगतमा रोकिएका कार्यहरु लाभ रहने समय रहेको छ । घराँयसि कार्यमा बढि समय दिनु पर्ने देखिन्छ । आफन्त बाट सहयोगको आशा पलाउनेछ । अध्ययन अध्यापनमा समय मिलाउन नसकिएला ।

कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
यात्राको समय आउन सक्नेछ । सवारी साधन चलाउदा वा चढदा सावधानी रहनु होला । प्रेम तथा दाम्पत्य जीवनमा सफलता आउनेछ । अतिथिको रुपमा सहभागि हुन सकिन्छ । तपाईको मेहनतले कार्यमा सफलता दिलाउनेछ । सोच बिचार गरेर कार्यमा अगाडि बढदा सफलता हुने समय छ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
तपाईको प्रयासले आफनो लक्ष्य प्राप्त गर्न सकिनेछ । आफुलाई आवश्यक पर्ने भौत्तिक सामाग्री जोडने समय छ । प्रतिस्पर्धामा सफलता प्राप्त गर्न सकिनेछ । तपाईको नराम्रो सोच्नहरु प्ररास्त्र हुनेछन । बिगतमा रोकिएका कामहरु बन्नेछन । व्यापार व्यवसायमा सफलता रहनेछ । मेहनतको फल अवश्य प्राप्त छ ।

कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
अग्रज व्यक्तिहरुको सल्लाह सुझाव लाई मध्यनजर गरेर अगाडि बढनु होला । कार्यमा केहि ढिलाई हुने समय रहेको देखिन्छ । व्यापार व्यवसायमा मध्ययम  रहनेछ । अध्ययन अध्यापनमा त्यति समय दिन नसकिएला । नराम्रो समाचार सुन्नु पर्ला । आफनो सोचबिचार लाई मध्यनजर गरेर अगाडि बढनु होला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
कार्यमा केहि ढिलाई हुने देखिन्छ । अरुको भरमा पर्दा कार्यमा बाधा रहनेछ । आफन्त तथा साथीहरु सग असमझदारी बढने छ । बिगतको कार्यमा गरेको प्रतिफल भने अनुसार प्राप्त गर्न नसकिएला । पैत्तिक सम्पत्ति लगानी लगाउने समय देखिन्छ । घर परिवारमा असमझदारी बढला । नविन कार्यमा सफलता छ ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
कृषिमा लगानी लगाएका अरुलाई सफलता नै रहनेछ । सहयोगीहरुको राम्रो साथ र सहयोग मिल्ने देखिन्छ । बिगतमा रोकिएका कामहरु सम्पादन हुनेछ । व्यापार व्यवसायमा सफलता रहनेछ । प्रतिस्पर्धामा सफलता आउला । नयाँ कामको थालनी हुने समय रहेको देखिन्छ । कार्यको प्रतिफल रामै प्राप्त होला ।

धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
तपाईको मान सम्मानमा बिशेष ख्याल गर्नुहोला । आफना कमिकमजोरी लाई सुधार गरेर अगाडि बढनु होला । तपाईको बोलिको फरक अर्थ लाग्ने हुँदा बोल्दा सावधानी रहनु होला । अरुको भरमा पर्दा कार्यमा बाधा आउने समय रहेको छ । बिगतका कार्यमा समय दिदा सफलता आउने देखिन्छ । 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
तपाईको आन्तरिक कुराहरु बाहिर आउन नदिनु होला । कार्यमा जिम्मेवारी प्राप्त गरे पनि लाभ उठाउन नसकिएला । आफन्त सग केहि असमझदारी बढने समय रहेको छ । नयाँ काममा अगाडि बढनु भन्दा पहिले सावधानी भएर अगाडि बढनु होला । जोखिमपूर्ण कार्यमा नलाग्दा राम्रो हुने देखिन्छ ।

कुम्भु (गु,गे,गो,सा,सी,सु,से,सो,द)
आफन्तको सल्लाह सुझाव लाई मनन गरेर अगाडि बढनु होला । समय लाई व्यवस्थापन गर्न नसक्दा समस्या आउने समय रहेको छ । लगानी बढि कम प्रतिफल हुने समय रहेको छ । घर बाहिरको कामहरु गर्नु पर्ने रहेको छ । आफनै कारणले गर्दा काममा ढिलाई हुनेछ । सोचबिचार गरेर अगाडि बढनु होला 

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आजको दिन पार्टनर बाट पनि सफलता लिन सकिन्छ । आयआर्जनमा सफलता आउनेछ । व्यापार व्यवसायमा फाईदा नै रहनेछ । तपाईको कामको रामै प्रभाव पर्नेछ । भौत्तिक सामाग्री खरिद गर्ने समय छ । दिर्घकालीन कार्यमा लगानी लगाउने समय रहेको देखिन्छ । परिवारका आवश्यकता पुरा हुनेछन ।


                   वास्तु ज्ञान

       वैवाहिक जिवन पछि बिचार र योजना नमिलेमा प्राकृतिक शक्तिलाई बढाउनु पर्छ ।

बिवाह पछि केहि व्यक्तिहरुको दाम्पत्य जीवनमा असमझदारी आउने गर्दछ । आफनो वैवाहिक सम्बन्धमा आएको अप्ठेरोपन हटाउन विभिन्न उपायहरु अपनाउन सकिन्छ । यस्ता समस्या कम गराउन प्राकृतिक शक्तिलाई बढाउन सकिन्छ । सुत्ने कोठामा रातो रंग लगाएर,रातो प्रकाश बढाएर, डवल वेडको खाट राखेर,पहिले सगै खिचेका फोटाहरु लगाएर वैवाहिक समस्या लाई कम गराउन सकिन्छ ।

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  ०६:३८
प्रतिक्रिया दिनुहोस्