बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
आजको दैनिक राशिफल

आज २०८१ साल पुस २१ गते आइतबारको दैनिक राशिफल

दाङ - आज २०८१ साल पुस २१ गते आइतबार तदनुसार सन् २०२५ जनवरी ५ तारिख। पुस शुक्ल पक्षको षष्ठी तिथि। गुरु गोविन्द सिंह जयन्ती। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। मयुर अनलाइनका लागि ज्योतिषि ठाकुर प्रसाद देवकोटाले तयार पार्नुभएको आजको दैनिक राशिफल

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
दिर्घकालीन लगानी लगाउदा सफलता रहनेछ । तपाईको मेहनत बाट अरुलाई बढि फाईदा रहनेछ समय छ । तपाई लाई नराम्रो सोच्नेहरु बाट कार्यमा केहि बाधा रहनेछ । आर्थिक अभावका कारण केहि समस्या आउला । महत्वकांक्षी योजना लिदा प्राप्त अवसर पनि गुम्ने सक्ने समय रहेको छ ।

वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
अवसर आउनेछन चिन्ने प्रयास गर्नुहोला । अग्रज व्यक्तिहरु सग अहसमति बढनेछ । सामान्य कार्यमा पनि बढि संघर्ष गर्नुपर्ने देखिन्छ । जस्लाई तपाई राम्रो गर्न खोज्नु हुन्छ उसै  सग नराम्रो हुने देखिन्छ । आफनो स्वार्थमा अगाडि बढने सोच छ । विगतका समस्याले गर्दा कार्यमा केहि बाधा हुनेछ ।

मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)
सानो गल्ति बाट कार्यमा बाधा रहने समय छ । परिश्रम बढि कम प्रतिफल रहनेछ । बन्न लागेको कार्यमा बाधा रहनेछ । अनाबश्यक आरोप लगाउनेहरु धेरै हुनेछन । केहि बाध्यामत्क समय रहेको देखिन्छ । संघर्ष बाट कार्यमा सफलता रहनेछ । गोपिनियतामा खाल गरेर अगाडि बढनु होला । दैनिक कार्य ठिकै छ ।

कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
घरेलु कार्यमा समय बढि दिनु पर्नेछ । कार्यका लागि गरिएको यात्रा असफल रहनेछ । तपाईको समस्याको लागि समय दिने मानिसहरु थोरै हुनेछन ।
सोचेको कार्यमा केहि ढिलाई हुने समय रहेको छ । नयाँ कार्यमा अगाडि बढने समय छ । पहिले देखि नै गदै आएको कार्य बाट लाभ रहनेछ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
कार्यमा ब्यस्थता बढने समय रहेको देखिन्छ । समय अनुकुल रहेता पनि अनाबश्यक खर्चमा परिने समय रहेको देखिन्छ । कार्यमा साथ दिने थोरै रहनेछन । प्रेम तथा मित्रतामा सफलता रहनेछ । दाम्पत्य जीवनमा सफलता रहनेछ । आफन्तको समस्या लाई बुझेर अगाडि बढने प्रयास गर्नुहोला ।

कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
तपाईको रिस मान्नेहरु बाट समस्या आउला । बोल्दा बिचार गरेर अगाडि बढनु होला । खर्चमा बृद्धि रहने समय रहेको देखिन्छ । धैर्यताका साथ कार्यमा अगाडि बढनु होला । प्रतिस्पर्धामा सफलता नै रहला । आफना कार्यमा अरुले हस्तक्षेप गर्ने समय रहेको छ । यात्रामय समय देखिन्छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
समय लाई व्यवस्थापन गर्न नसक्दा समस्या आउनेछ । तपाईको कार्यमा अरुले हस्त क्षेप गर्ने देखिन्छ । स्वास्थयमा केहि प्रतिकुलता रहने देखिन्छ । बौद्धिक व्यक्तिहरु ःसग प्रतिस्पर्धा हुनेछ । कुनै पनि कार्य सोचेर गर्दा सफलतमा रहनेछ । सन्तानको साथ सहयोग रहनेछ । नयाँ कामको थालनी हुनेछ ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
बिगतमा टाढिएका साथीहरु सग भेटघाट रहनेछ । बिगतमा रिस गर्नेहरु पनि सहयोगिको रुपमा आउनेछन । आफन्तको साथ र सहयोग रहनेछ । कृषि,जग्गा जमिन बाट लाभ रहनेछ । बिगतमा रहेका कमि कमजोरी लाई सुधार गर्ने समय रहेको छ । घराँयसि कार्यमा पनि सफलता रहनेछ ।

धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
समयले सोचेको भन्दा फरक परिस्थिति सिर्जना गर्नेछ । बिगतमा तपाईको सहयोग लिएका मान्छेहरु अहिले प्रतिस्पर्धामा आउने समय छ । आफुलाई मन पर्ने क्षेत्रमा खर्च गर्ने बेला रहेको छ । पारिवारीक असमझदारी बढने समय रहेको देखिन्छ । अरुको भरमा पर्दा कार्यमा धोका आउने देखिन्छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
समय अनुसार सहि निर्णय लिएर अगाडि बढनु होला । मान सम्मानमा बृद्धि रहनेछ । मेहनत बाट कार्यमा सफलता आउनेछ । बौद्धिक एवम तार्किक क्षमतामा बृद्धि रहनेछ । काम लाई सम्पादन गर्नको सफलता मिल्नेछ । यात्राका अवसरहरु थुपै आउने देखिन्छ । बिशेष महत्वपूर्ण कार्यमा सहभागि हुने समय छ ।

कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)
आत्मा बिश्वास बढदा कार्यमा सफलता आउनेछ । प्रयास बाट कार्यमा सफलता आउनेछ ।  बिगतका कार्यलाई समय अनुसार परिवर्तन गर्न सकिन्छ । व्यापार व्यवसायमा लाभ रहनेछ । घर परिवार सग आत्मियता बढनेछ । मिष्ठान भोजनको योग रहनेछ । प्रेम तथा मित्रतामय समय देखिन्छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
घर बाहिरको कार्य बाट लाभ रहनेछ । वैदेशिक कार्यमा जानेका लागि समय राम्रो देखिन्छ । आफन्त तथा छिमेकिमा असमझदारी बढने समय रहेको देखिन्छ । समस्या लाई हल गदै अगाडि बढनु होला । अनाबशयक खर्चमा बृद्धि रहने देखिन्छ । प्रयास बाट कार्यमा सफलता रहने समय रहेको देखिन्छ ।

 

प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  ०६:१७
प्रतिक्रिया दिनुहोस्