राप्ती गाउँपालिकामा औपचारिक कार्यक्रमको नयाँ अभ्यास: अतिथि आसन ग्रहण नगर्ने, नेम प्लेटको व्यवस्था

सोमबार, पुस २२, २०८१
राप्ती गाउँपालिका दशैतिहार शुभकामना सन्देश

सिसहनियाँ - दाङको राप्ती गाउँपालिकाले औपचारिक कार्यक्रमहरूमा नयाँ अभ्यास सुरु गरेको छ।

गढवा गाउँपालिका दशैतिहार शुभकामना सन्देश

अबदेखि औपचारिक कार्यक्रममा अतिथिहरूलाई  आसन ग्रहण नगर्ने प्रचलन लागू गरिएको छ।

यो परिवर्तनले अतिथिहरूलाई समान तहमा राख्दै कार्यक्रमलाई सबै सहभागीहरूका लागि सहज र समावेशी बनाउने उद्देश्य राखेको छ।

यस अभ्यासमा सम्भव भएसम्म अतिथिहरूको नाम र पद सूचित गर्न नेम प्लेटको व्यवस्था गरिने बताइएको छ।

अतिथिहरूलाई विशेष आसन प्रदान गर्नुभन्दा उनीहरूलाई अन्य सहभागीहरूसँगै बस्ने र खुला छलफलमा संलग्न गराइनेछ।

यो कदमले औपचारिक कार्यक्रमहरूलाई थप सहभागीमूलक र प्रभावकारी बनाउने विश्वास गरिएको छ।

राप्ती गाउँपालिकाका अध्यक्ष विष्टका अनुसार, "यस अभ्यासले कार्यक्रमहरूमा समयको पनि बचत हुने र अतिथिहरूलाई बारम्बार उठाउने, फेरि बसाउने जस्ता परम्परागत क्रियाकलाप आवश्यक नहुने भएको बताउनु भएको छ।

धेरैले यो नयाँ अभ्यासलाई सकारात्मक रूपमा लिएका छन् र गाउँपालिकाको यो प्रयासको प्रशंसा गरेका छन्।

प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  २२:०४
प्रतिक्रिया दिनुहोस्