बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलेले दिए राजीनामा

मंगलबार, पुस २३, २०८१

दाङ - क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले लिबरल पार्टीको नेता तथा प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

आफ्नो नेतृत्वप्रति बढ्दो असन्तुष्टिकाबीच प्रधानमन्त्री ट्रुडोले हिजो राजीनामा दिनुभएको हो । उहाँले लिबरल पार्टीको नयाँ नेता चयन नभएसम्म प्रधानमन्त्री पदमा रहने बनाउनुभएको बीबीसीले जनाएको छ ।

विभिन्न आन्तरिक विवादका बीच रोकिएको संसद् यही जनवरी २७ मा पुनः शुरू हुन लागेकामा अब आउने मार्च २४ सम्म स्थगित हुने भएको छ । यो बीचमा लिबरल पार्टीको नेतृत्व प्रतिस्पर्धाको लागि अवसर हुने खबरमा उल्लेख छ ।

 कन्जर्भेटिभ पार्टीको १० वर्षको शासनपछि ट्रुडो सन् २०१५ मा सत्तामा आउनुभएको थियो । पछिल्लो समय अर्थमन्त्रीको अचानक बिदाइले सरकारभित्र बढ्दो उथलपुथलको सङ्केत गरेपछि उहाँले राजीनामा घोषणा गर्नुभएको छ । राजनीतिक उथलपुथलले क्यानाडालाई अन्तर्राष्ट्रियस्तरमै कठिन स्थितिमा ल्याएको छ ।

नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आप्रवासी र लागूपदार्थको प्रवाह नरोके सबै क्यानाडाली सामानहरूमा २५ प्रतिशत भन्सार महसुल लगाउने बताउदै आउनुभएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  ०६:५४
प्रतिक्रिया दिनुहोस्