Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

चीन भूकम्प अपडेटः मृतकको संख्या ९५ पुग्यो, १३० घाइते

मंगलबार, पुस २३, २०८१

चीनमा आज बिहान गएको भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या ९५ जना पुगेको छ । नेपाल–चीन सिमाना तिब्बतको दिङ्गे काउन्टीमा गएको भूकम्पमा परी अन्य एक सय ३० जना घाइते भएका स्थानीय मिडियालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

भूकम्पका कारण सयौं घर भत्किएका छन् । यो भूकम्पको धक्का नेपाल, भारत र भुटानका विभिन्न ठाउँमा पनि महसूस भएको थियो । भूकम्पका कारण सिगात्से क्षेत्रमा विद्युत् र जल वितरण प्रणाली अवरुद्ध भएको खबरमा उल्लेख छ ।

चिनियाँ सेनाले उद्धार प्रयास शुरू गरेको र दुर्गम क्षेत्रमा मानवरहित ड्रोन पारिचालन गरेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले क्षति कम गर्नका लागि पूर्ण स्तरको खोज र उद्धार गर्न तथा प्रभावितहरूको पुनर्वासका लागि आह्वान गर्नुभएको छ ।

चिनियाँ समाचार संस्था बिहान नेपाल–चीन सिमानामा ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो । नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रले भने भूकम्पको तीव्रता ७ म्याग्निच्युड रहेको बताएको छ

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  १५:५३
प्रतिक्रिया दिनुहोस्